भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०८० को जनै पूर्णिमा र गाईजात्रा पर्वमा शान्तिपूर्ण, मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा सवारीसाधन प्रवेश निषेध, सवारीसाधन पार्किङ र नगरको शान्ति सुरक्षा गर्ने विषयमा बैठक बस्यो । 
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, ट्राफिक, ख्वप मिनिबस सेवा समिति, ख्वप अस्पतालका प्रतिनिधिको सहभागितामा बसेको उक्त बैठकले नगरको विभिन्न वडाहरूमा पार्किङस्थलको व्यवस्था गरेको छ । 
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा अवधिभर हुने भीड र सवारी पार्किङलाई सहज व्यवस्थापन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउनुहुँदै गाईजात्रा प्रदक्षिणा मार्गमा कुनै अवरोध हुन नदिन अव्यवस्थित तारहरुको व्यवस्थापन गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।
गाईजात्रा भक्तपुरको प्रसिद्ध बिस्केट जात्रापछिको महत्वपूर्ण जात्रा भएको बताउँदै उहाँले भक्तपुर नपाले जात्रा अवधिभर वडाका विभिन्न स्थानहरुमा प्रारम्भिक उपचार केन्द्रको समेत व्यवस्था गरेको बताउनुभयो ।
उक्त बैठकले सिद्धपोखरीको दक्षिणी भाग, भक्तपुर क्यान्सर अस्पताल अगाडिको पार्किङ स्थल, नःपुखुको दक्षिण÷पश्चिमतिरको खुल्ला क्षेत्र, देको, मिवा, इतापाके आवास क्षेत्रका सडकहरु, ब्यासी पर्यटक बस पार्क, ब्यासीबाट कालीघाट जाने सडकको एक छेउ, देकोचा (ख्वप कलेजका गाडीहरु पार्किङ गर्ने ठाउ“), कमलविनायक सरस्वती विद्यागृह प्राविको चौरको पार्किङ क्षेत्र, च्याम्हासिंहदेखि पसिखेल सडकको एक छेउ, महेश्वरी खेल मैदान, परोपकार केन्द्र परिसर (हनुमानघाट), भेलुखेल, ल्योसिंख्य, राममन्दिर पुलसंगै खोला किनारा, बाराही पुलस“गै खोला किनारा र भार्वाचो बसपार्क गरी १६ वटा स्थानहरुमा पार्किङस्थलको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
साथै बैठकले गुन्हीपुन्ही सापारु २०८० शान्तिपूर्ण मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न मिति २०८० भदौ १३ गतेदेखि २० गतेसम्म प्रदर्शन हुने परम्परागत र आधुनिक सा“स्कृतिक विधाहरुको प्रस्तुत हुने स्थानहरु र मुल्याकंन स्थलहरुमा आवश्यक शान्ति सुरक्षा व्यवस्था गर्ने निर्णय ग¥यो । 
गुन्हीपुन्ही सापारुको दिन मिति २०८० भदौ १४ गते प्रदक्षिणा मार्गको सबै वडाहरुमा र परम्परागत र आधुनिक सा“स्कृतिक विधाहरुको मुल्याकंन स्थलहरुमा आवश्यक प्राथमिक स्वास्थ्य उपचार सेवा केन्द्रले व्यवस्था गर्ने निर्णय ग¥यो भने गुन्हीपुन्ही सापारु २०८० शान्तिपूर्ण मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न प्रदक्षिणा मार्गका साथै सम्पूर्ण प्रदर्शनी स्थलहरुमा आवश्यक सरसफाईको व्यवस्था गर्ने निर्णय उक्त बैठकले गरेको छ । 

...

All Comments.......


Please Login/Register To Comments