भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले इन्जिनियर भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो । कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा वसेको बैठकले भण्डारीलाई कार्यकारी प्रिन्सिपलमा नियुक्त गरेको हो । 
यसअघि भण्डारी सहायक प्रिन्सिपल थिए । प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठको उमेरहडका कारण अनिवार्य अवकास भएपछि कलेजको प्रिन्सिपल पद यसअघि रिक्त भएको थियो । यसपछि बसेको बैठकले भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो । 
अगष्ट १, २०२१ म सहायक प्रिन्सिपल नियुक्ति भएका उनी त्यसअघि कलेजकै इलेक्टोनिक्स एण्ड कम्युनिकेश विभागका बिभागीय प्रमुख (एचओडी) थिए । यसअघि उनी २००१ मा एसोसियट प्रोफेसर पदमा कलेजमा नियुक्ति भएर काम सुरु गरेका थिए । उनी इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेश इन्जिनियर हुन् । 
पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यो कलेज पुल्चोक इन्जिनियरिग कजेजपछिको दोश्रो उत्कृष्ट कलेज मानिन्छ । नाफा नलिने उद्देश्यका साथ गैरनाफामुलक संस्थाको रुपमा यो कलेज सञ्चालित छ । कलेज भक्तपुरको चाँगुनारायण नगरपालिका दुवकोटमा रहेको छ । 

...

All Comments.......


Please Login/Register To Comments