नविना श्रेष्ठ नेपाली कांग्रेसको भातृ संस्था यस नेपाल लोकतन्त्रवादी आदिवासी जनजातिमा महासंघ काठमाडौ जिल्ला कार्य समितिद्वारा संगठनलाई गतिशील र सदस्यहरुलाई प्रशिक्षित बनाई पार्टी र समुदायलाई सशक्त बनाई संगठन विस्तार गर्ने उद्देश्यका साथ निम्न मिति स्थान र समयमा आदिवासी जनजातिको आर्थिक सवलीकरणमा सांस्कृतिक परम्परागत सीप कौशल र स्थानीय उत्पादनको महत्व एवं संरक्षण र प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम तामाङ कुताप धिम विजेश्वरी, स्वयम्भू काठमाडौंमा अपराह्न १ बजे सम्पन्न भएको छ। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति काठमाडौ जिल्ला महासंघका जिल्ला सभापति प्रविण बहादुर भडेलको सभापतित्वमा कार्यक्रम गरेको थियो। भने कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सभापति ओमबहादुर धर्ती मगर र कार्यक्रम संयोजक मोहन लाल तामाङ, रहेका थिए। त्यसैगरी आदिवासी जनजातिका प्रशिक्षक त्रिवि विश्वविद्यालयका प्रधानाध्यापक बालकृष्ण माबुहाङ, नेपाल बार एसोसिएसनका अधिवक्ता सुर्यमणी राई, पद्मकन्या कलेजका उपप्राधापक र निबन्धकार कुमारी लामा, लगायत आदिवासी जनजातिका उच्चस्तरीयका रैथाने खाना तथा पेय पदार्थको अनुसन्धान कर्ता र गोल्डेन गेट कलेजका प्रशिक्षक प्रेम लाल घिसिङ लगायत उच्च स्थानमा रहनुभएका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। आदिवासी जनजातिका सहसचिव राकेश महर्जनले कार्यक्रम सञ्चालन गरेको थियो। आदिबासी हुनु भनेको हाम्रो पुर्खाको ज्ञान अँगाल्ने हो। हाम्रा पुर्खाहरू पौराणिक ज्ञान हो। हाम्रो खेतीपातीका विज्ञान प्रविधिहरुको प्रयोग गरी उत्पादन गरियो। यसलाई ग्रीन उत्पादन भनिन्छ। बिज्ञान-प्रबिधिले गर्दा प्राप्त भएको ज्ञान धेरै भयो। यस्ता महत्त्वपूर्ण भनाइहरु प्रमुख अतिथिबाट लामो समय ज्ञान का कुराहरु प्रस्तुत गरिएको थियो। रैथानेहरुलाई राज्यले मासेर कहिल्यै मासिँदैन।भन्दै,रैथानेको खानाको परिकारको विषयमा केही परिचय हरु दिनुभएको थियो। रैथानेको खानाको परिकार कोदोको खोले, ढिडो फापर हुन्थियो। भने नेपाली खाना भनेपछि हिमाल-पहाड-तराईका चौरासी व्यञ्जन हुन्छ। आदिवासी जनजाति आर्थिक बाट पनि सम्पन्न हुनुपर्ने र आफ्नो कला, संस्कृति ,खानाका परिकार पहिरन बचाई राख्नको निम्ति आदिवासी र रैथानेहरु रहिरहनुपर्ने बिषयमा विभिन्न तह र तकामा रहनुभएका व्यक्तित्वहरुले बुझाइएको थियो। नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरु गणतन्त्र संघीयता धर्मनिरपेक्षता समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयन गर्दै पार्टीको वडा तहदेखि केन्द्रीय कार्यसमिति सम्म सबै तहमा आदिवासी जनजातिहरूको जातीय जनसङ्ख्याको आधारमा अर्थपूर्ण प्रतिनिधित्व विधान संशोधन गर्दै बैधानिक रुपमा सुनिश्चित गर्न अत्यावश्यक रहेको ठहर गरेको छ। आदिवासी जनजाति समुदायको भाषाको संरक्षण सम्बोधन गर्दै राज्यको सबै अङ्ग र तहमा प्रभावकारी कार्यान्वयन गराउन साथै उच्चशिक्षासम्म अध्ययन-अध्यापन को व्यवस्था गर्न अपरिहार्य रहेको वर्तमान अवस्थामा बहुभाषिक विश्वविद्यालय स्थापना गर्न अत्यावश्यक रहेको यो कार्यक्रमले आवाज उठाइएको छ। राज्यले तिनै तहको सरकारले आदिवासी जनजाति सम्बन्धी एेन कानुन निमावली निर्देशिका निर्माण गर्दा सरकारद्वारा समुदायसँग स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी अनुसार गर्न यो कार्यक्रम गरेको हो।
...

All Comments.......


Please Login/Register To Comments