डा.कृष्णप्रसाद दाहाल
प्राध्यापक
त्रिभुवन विश्वविद्यालय
परिचय
म यतिखेर अमेरिकाको कनेक्टिकट राज्यको पेसर सिटीमा छु र ‘एक अर्काका दृष्टि ः दुई व्यक्तिका कृति’को अध्ययन र लेखन सम्पन्न गरेको छु । मेरा हातबाट यहाँका अमेरिकी नेपाली साहित्यकारहरूले पनि सो कृतिको अध्ययन र अवलोकन गर्न समर्थ भएको कुरा यहाँ उल्लेख गर्न पाउँदा म अत्यन्त हर्षित भएको छु । डा. इन्दुल केसी झा (१९९८) र कवि पदम दाहाल (२०११) ले एकअर्कामा साहित्यिक पगार लगाउने काम गरेका छन् । मौखिक रूपमा यी दुईजनाले एकअर्कामा भएका साहित्यिक रस पगारेर पान गरिरहेका थिए तर यतिले पनि नअघाउने भएपछि यिनीहरूले आ–आफ्ना कृतिहरूमा भएका साहित्यिक ठेकीमा जमाएर बौद्धिकताको मदानी मथेर मीठो नौनी र मोही पारेर आफूहरूले तनतनी पिएर हामीहरूलाई पनि पियाउने काम गरेका छन्– ‘एक अर्काका दृष्टिः दुई व्यक्तिका कृति’का माध्यमबाट । यो ‘ब्राह्मण्स्म ब्राह्मणे गति’ मा आधारित कृति हो । अर्थात् ब्राह्मणको उन्नति, प्रगति ब्राह्मणबाटै हुन्छ भनेझैँ साहित्यकारको उन्नति र प्रगति पनि साहित्यकारबाट नै हुन्छ । यही मान्यतालाई आत्मसात् गरेर यो कृतिको आविष्कार भएको हो । यस कृतिले डा. इन्दुल र पदम दाहाललाई एउटा सिक्काको दुईओटा पाटा गराएको छ । केसी र दाहालले यहाँ एकअर्काका कृतिहरूको अनुहार हेराहेर गरेर ऐनाले भूmठो बोल्दैन भन्ने उदाहरण प्रस्तुत गरेका छन् । आफैँ गाई, आफँै बाछो बनेर उनीहरू एकअर्कामा खूबै पग्रिएका छन् । यो नै ‘एक अर्काका दृष्टि ः दुई व्यक्तिका कृति’ले आर्जन गरेको सफलता हो । यसको मूल प्राप्ति पनि यही हो ।
डा. इन्दुल केसीका दृष्टिमा कवि पदम दाहाल
एकचालीस वर्ष शिक्षण पेशामा बिताएका कवि पदम दाहाल वार्णिक छन्द र मुक्त छन्द दुवै किसिमका कवितामा समान किसिमले कलम चलाउन सिपालु स्रष्टा हुन् । उनको प्रथम प्रकाशित कृति (२०७६) ‘बादलका तरेलीहरू’ कवितासङ्ग्रहका सम्बन्धमा डा. केसीले आफ्नो पाठकीय समीक्षात्मक प्रस्तुति ‘एक अर्काका दृष्टि ः दुई व्यक्तित्वका कृति’मा प्रदान गरेका छन् । केसीले प्रारम्भमा यहाँ दालहालको ‘बादलका तरेलीहरू’मा आएका ६७ ओटा कवितामध्यका जम्माजमी सातओटा कविताका सम्बन्धमा समीक्षा गरेर आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् भने त्यसपछि तीन ओटा आफ्ना मौलिक कविताहरू – ‘कोरोना, भाइरस, सहमति र कमरेड’ शीर्षकका रचना समाविष्ट गरेका छन् । यस्तै कार्य पदम दाहालले पनि गरेका छन् । कवि पदम दाहालको ‘बादलका तरेलीहरू’ कवितासङ्ग्रहमा भजन एउटा, अनुष्टुप छन्दका तेइस, शार्दूलविक्रीडितका चार , उपजातिका दुई, भुजङ्गप्रभात एक, मालिनी एक, पञ्चचामर एक, शिखरिणी एक, वसन्ततिलका एक, झ्याउरे सात, गीत दुई, गजल दुई र गद्यकविताका २१ ओटा गरी जम्मा सतसठ्ठीओटा कविताहरू सङ्कलित छन् । यिनै गीत र कवितामध्ये लेखक केसीले सातओटालाई मात्र चर्चाको दायरामा ल्याएका छन् । उनले ‘भजौँ–भजौँ राधाकृष्ण’ (भजन)मा भएको हरिकिर्तनको महŒवलाई प्रकाश पारेका छन् । भजन नै ईश्वरलाई खुसी पार्ने एक मात्र उपाय हो । त्यसैको प्रस्तुतिका सम्बन्धमा केसी बोलेका छन् । ‘प्रेमिल जोडी’ कवितालाई समीक्षक केसीले शास्त्रीय छन्दमध्येको प्रतिनिधि कविता भनेका छन् । प्रेमको विविध स्वरुपमा सम्बन्धमा यहाँ चर्चा गरिएको छ । कवि पदम दाहालको ‘वियोगको पीडा’ कवितालाई डा. केसीले झ्याउरे छन्दहरूमध्येको प्रतिनिधि कविता हो भनी जन्मभूमिको महŒवका सम्बन्धमा प्रकाश पारेका छन् । ‘बादलका तरेलीहरू’मा भएका दुईओटा गजलहरू ‘आहत’ र ‘तिहार एक्लो जिन्दगानी’का सम्बन्धमा पनि यहाँ चर्चा गरिएको छ । दाहालका दुईओटा गीतहरू ‘प्रकृतिकी छोरी राम्री’ र ‘लालीगुराँसको राजधानी’का सम्बन्धमा केसीले सटिक टिप्पणी गरेका छन् । दाहाल गाउने पारामा पूर्वेली गीतको छनक दिन पछि परेका छैनन् भन्ने मान्यता केसीको रहेको छ ।
‘बादलका तरेलीहरू’ कवितासङ्ग्रहमा भएका एक्काइसओटा गद्यकविताहरूमध्येको एउटा कविता ‘बादलका तरेलीहरू’ हो । यसै कविताको नामबाट यस सङ्ग्रहको शीर्षक ‘बादलका तरेलीहरू’ राखिएको हो । केसीले आफ्नो समीक्षात्मक लेखमा यसै कविताका सम्बन्धमा मात्र चर्चा गरेका छन् । कविले यहाँ आलङ्कारिक छटाका साथै भावनात्मक संवेदना प्रस्तुत गर्न सफल भएका छन् भनी केसीले आफ्नो अभिमत जाहेर गरेका छन् । यसरी कवि दाहालको काव्यिक पहिचानलाई छोटो, मीठो किसिमबाट प्रस्तुति दिने कार्य लेखक केसीले यहाँ गरेका छन् ।
पदम दाहालको काव्यिक पहिचानको प्रस्तुति पश्चात डा. इन्दुल केसीले आफ्ना तीनओटा कविताहरू ‘कोरोना भाइरस’, ‘सहमति’ र ‘कमरेड’ समावेश गरेर आफ्नो कवि व्यक्तित्वलाई पनि उजागर गरेका छन् । कोरोना कहरमा जनताले पाएको दुःख, कष्ट, व्यथा–वेदनालाई ‘कोरोना भाइरस’ कवितामा उल्लेख गरेका छन् भने ‘सहमति’ र ‘कमरेड’ कवितामा राजनीतिक विकृति र विसङ्गतिप्रति चोटिलो व्यङ्ग्य प्रहार गरिएको छ । समग्रमा कवि केसीले यहाँ आफ्नो स्रष्टा र द्रष्टा व्यक्तित्व स्थापति गरेका छन् ।्
कवि पदम दाहालका दृष्टिमा डा. इन्दुल केसी
कवि एवम् समीक्षक पदम दाहालले बहुआयामिक व्यक्तित्व डा. इन्दुल केसीका सम्बन्धमा निकै नै खोज तथा अन्वेषण ‘एक अर्काका दृष्टि ः दुई व्यक्तिका कृति’ भित्र गरेका छन् । उनले यहाँ डा. इन्दुलसित परिचयको क्रम कसरी प्रारम्भ भएको हो भनी छुट्टै शीर्षक दिएर चर्चा गरेका छन् । २०७६ सालबाट केसीसित आफ्नो प्रथम परिचय भएको हो भनी त्यसपछि यताका सम्पूर्ण गतिविधिलाई उपशीर्षक ‘कवि डा. इन्दुलसितको चिनजान’ प्रसङ्ग भित्र समेटेका छन् । दाहालले आफ्नो समीक्षा लेखनमा डा. इन्दुलको काव्यिक व्यक्तित्वका सम्बन्धमा ‘डा. इन्दुलका कविता विधाभित्र पस्दा’ उपशीर्षकभित्र विस्तृत चर्चा गरेका छन् । दाहालले केसीलाई स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी कवि भनी पुष्टि गरेका छन् । ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम सर्सती हेर्दा’ उपशीर्षकभित्र समीक्षक दाहालले डा. केसीलाई विभिन्न आयाम एवम् कोणबाट चिनाउन सकिने अभिमत प्रकट पारेका छन् ।
‘डा. इन्दुल केसीको चौथो आयामभित्र घोत्लिँदा’ उपशीर्षकभित्र डा. इन्दुलका कृतित्वका सम्बन्धमा विभिन्न क्षेत्रका ख्याति प्राप्त सोह्रजना लेखक एवम समीक्षकहरूले राखेका धारणालाई आधार बनाएर समीक्षक दाहालले कुनैपनि व्यक्तिलाई चिन्न, जान्न र बुझ्न उसको योगदान समात्न सक्नुपर्दछ । झट्ट देखेको र बोलेको भरमा कसैको पनि सही मूल्याङ्कन हुन सक्दैन भन्दै उनले इन्दुललाई सबैको प्रेरणाको स्रोत भएको उल्लेख गरेका छन् । मानव हितमा तल्लीन भई साहित्यको साधना गरिरहने इन्दुलजस्तो व्यक्ति पाउनु हामी सबैको एउटा सौभाग्य हो भनी आफ्नो समीक्षात्मक सम्पन्न गरेका छन् दाहालले ।
डा. इन्दुल केसीलेजस्तै डा. पदम दाहालले यस कृतिभित्र आफ्ना तीनओटा कविता पस्केका छन् । उनले आफ्नो वार्णिक छन्दको पहिलो कविता ‘आक्रान्त भो विश्व’मा मान्छेभित्र मर्दै गएको मानवतावादप्रति चिन्ता प्रकट गरेका छन् । विज्ञानको दास बनेर अध्यात्मको बाटो बिर्सेको हुनाले आज मान्छे करुणाशून्य बनेको छ भनी सटिक टिप्पणी कवि दाहालले गरेका छन् । कम्युनिष्टहरूले आफ्नो विचार र व्यवहार त्यागेर स्वार्थी र व्यक्तिवादी बन्दै गएको देख्दा कवि दाहाल ‘कमरेडहरु’ कवितामा तीखो व्यङ्ग्य प्रहार गर्दछन् । तेस्रो वा अन्तिम कविता ‘भक्तपुरका इन्दुलजी’मा साहित्यकार डा. इन्दुलको सुन्दर शब्दचित्र तयार पारेका छन् कवि पदम दाहालले । यसरी कवि पदम दाहालले पनि डा. इन्दुल केसीलेजस्तै आफ्नो स्रष्टा र द्रष्टा व्यक्तित्व स्थापित गर्ने कार्य ‘एक अर्काका दृष्टि ः दुई व्यक्तिका कृति’मा गरेका छन् ।
मूल्याड्ढन एवम् निष्कर्ष
डा. इन्दुल केसी र कवि पदम दाहालको एक अर्काका दृष्टि ः दुई व्यक्तिका कृति’ लघु आकृतिमा तयार भएको विवेचना र सिर्जनाले भरिएको कृति हो । यस कृतिभित्र साहित्यकार इन्दुल र पदमले माध्यमिक कालका केन्द्रीय प्रतिभा मोतीराम भट्टले प्रारम्भ गरेको परम्परालाई अगाडि बटाउने कार्य गरेका छन् । त्यो बेलाको मोतीमण्डलीका नामगा क्रियाशील समूहले एकअर्का कविका कविताहरूको श्रवण, पठन र मनन् गरी मूल्याङ्कन गर्दथ्यो । कविका बीचमा सकारात्मक सोचको विस्तार गरिन्थ्यो । साहित्यिक वा काव्यिक कुनैपनि किसिमका सिर्जनाको परिष्कारका निम्ति सामूहिक छलफलको आयोजना गरिन्थ्यो र स्वलाई परिष्कार एवम् परिमार्जन गरेर अन्तिम निष्कर्ष दिइन्थ्यो । जसले गर्दा नेपाली साहित्यले त्यहीँबाट आधुनिकताको प्रसववेदना प्राप्त गर्न थाल्दछ । आजको आधुनिक नेपाली साहित्यको उत्कर्षताको प्रस्थान विन्दु हामीले माध्यमिक काललाई नै मान्दै आइरहेका छौं । अतः यसैको मेसोलाई समातेर साहित्यकार द्वय डा. इन्दुल केसी र पदम दाहालले एउटा अनुकरणीय कार्य गरेका छन् । यसको विकास हुँदै जानुपर्दछ भन्ने मेरो ठहर छ ।
डा. केसी र दाहालले यहाँ एकअर्काका कृतिहरूको मूल्याङ्कन गर्ने क्रममा दोषदर्शनवादी चस्मा लगाएका छैनन् । उनीहरूले गुणदर्शनवादी चस्मा लगाएर एकअर्काका कृतिमा भएका गुणवत्तालाई पर्गेलेका छन् । दुवैका स्वीकृतिमूलक विश्लेषण मात्रै यहाँ उल्लेख भएका छन् । यो यस कृतिको वैशिष्ट्य हो । दुवैले दुवैलाई सगरमाथाको शिखरमा राखेका छन् । सिर्जनाको प्रस्तुतिमा पनि दुवैले कमरेड शीर्षकका कविता लेखेर समसामयिक व्यङ्ग्य प्रहार गरेका छन् । काव्यिक सम्पन्नताले दुवै कवि उचालिएका छन् ।्
        सानो आकृतिमा तयार भएको भएतापनि ‘एक अर्काका दृष्टि ः दुई व्यक्तिका कृति’ यस कृतिका माध्यमबाट डा. केसी र दाहाललाई बुझ्न र जान्न धेरै नै सजिलो भएको छ । समालोचनाको खडेरी परिरहेका समयमा यस्ता कृतिहरूले पाठकका बीचमा कहिले काहीँ हिउँदे झरीको काम गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । शब्दयात्रा प्रकाशनबाट वि.सं. २०७७ सालमा प्रकाशित यस कृतिले नेपाली साहित्यमा पुनः गुणदर्शन परम्पराको अगुवाइ गरेको दुवै साहित्यकार डा. इन्दुल केसी र पदम दाहाललाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
२०८० भाद्र ४
अमेरिका

फोटो सहित
डा. इन्दुल केसी
समीक्षक
पदम दाहाल
समीक्षक

...

All Comments.......


Please Login/Register To Comments