भक्तपुर । प्रहरीले पेस्तोलसहित बुधबार राति लोकन्थलीबाट एकजना पुरुषलाई पक्राउ गरेको छ । बुधबार बेलुका ७ः३५ बजेको समयमा जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली कखरा स्कुल नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बाटोमा प्रहरी प्रभाग बालकोट भक्तपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा क्रियाकलाप गरी बसेको अवस्थामा फेला पारी उदयपुर बलैया नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने  वर्ष ४० को जंगे माझीलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । सोधपुछ तथा शरिर चेकजाँच गर्दा निज जंगे माझीको साथबाट २ थान कटुवा पेस्तोल, यसैको गोली १ राउण्ड र बा. ४३ प. ९००० नं. को निलो कलरको डियो स्कुटी समेत फेला परेको परिसरले जनाएको हो । त्यसपछि तत्काल नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमी भक्तपुरमा ल्याई राखिएको जनाइएको छ । निज जंगे माझीसंगै भएका यकिन वतन नखुलेको अन्दाजी २८÷३० बर्षको अश्‍विन दाहाल चेकजाँचकै क्रममा फरार भएको हुँदा हाल खोजतलास कार्य भईरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट निजहरुले लुटपाटको योजना बनाई रहेको भन्ने बुझिएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जनाएको छ । 

...

All Comments.......


Please Login/Register To Comments