भक्तपुरलाई शिक्षा क्षेत्रमा ‘उत्कृष्टताको केन्द्र’ बनाउने अग्रजहरूको सपनालाई पूरा गर्न भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप शैक्षिक संस्थाअन्तगर्तका विभिन्न कलेजहरूले अथक प्रयास गरिरहेका छन् । रातो रङ्गको घेरामा झन्डै ३२० वर्षअघि बनेको ङातापोल्हँको लोगो भएको ख्वप शैक्षिक संस्था अहिले नेपाली शैक्षिक क्षेत्रमा नवीन पहिचान बनेको छ ।
समुदायप्रति समर्पित
ख्वप शैक्षिक संस्थाको मूल्य र विशिष्टता सबै जनसमुदायलाई अवगतै छ । ख्वप शैक्षिक संस्था सधैँ स्थानीय समुदायहरूसँग संलग्न हुन्छ । स्थानीय जनता शिक्षासँग सम्बन्धित छलफलमा भाग लिँदै उचित सुझाव दिने गर्दछन् । ख्वप शैक्षिक संस्थाले समुदायका सरोकारवालाहरूको सल्लाहलाई सम्बोधन गर्ने भएर ख्वप शैक्षिक संस्था स्थानीय समुदायबिच बलियो प्रतिष्ठा र सम्बन्ध निर्माण गर्न सफल भएको छ भने स्थानीय जनताले पनि ख्वप शैक्षिक संस्थालाई आफ्नै ठानेर अपनत्व जाहेर गर्छन् ।
विद्यार्थीहरूको व्यक्तित्व विकासमा ध्यान दिने ख्वप शैक्षिक संस्थाको प्रतिबद्धता रहेको छ । समृद्ध शिक्षामा योगदान पु¥याउने अत्याधुनिक सुविधा, प्रयोगशाला, पुस्तकालय र प्रविधि स्रोतहरू विद्यार्थीहरूको लागि उपलब्ध छन् । शैक्षिक सफलताको लागि सानो समूहको विद्यार्थी सङ्ख्या, कक्षाकोठाको आकार, सङ्कायहरूबिच एक अर्काबिच अन्तरक्रिया ख्वप शैक्षिक संस्थाको विशेषता रहेको छ । शैक्षिक उन्नयनमात्र होइन व्यक्तिगत, भावनात्मक र सामाजिक विकाससँगै समग्र विकासको महत्वलाई ख्वप शैक्षिक संस्था पहिलो प्राथमिकतामा राख्दछ ।
ख्वप शैक्षिक संस्था विद्यार्थीहरूलाई शैक्षिक र व्यक्तिगतरूपमा उत्कृष्ट बनाउन स्तरीय शिक्षा प्रदान गर्न समर्पित छ । शैक्षिक उत्कृष्टता, अनुभवी प्राध्यापक, पाठ्यक्रम र शैक्षिक उत्कृष्टताप्रति प्रतिबद्धतालाई ख्वप शैक्षिक संस्था जोड दिन्छ । दक्ष प्राध्यापकहरू परिवर्तनकारी सिकाइ सुनिश्चित गर्ने प्रयासमा लागिपरेका छन् । अत्याधुनिक प्रयोगशाला, ठूलो पुस्तकालय र उन्नत प्रविधि स्रोतहरूले सुसज्जित आधुनिक शैक्षिक संस्था ख्वपमा विद्यार्थीहरूलाई उनीहरूको प्रतिभा प्रस्फुटनको लागि आवश्यक उपकरणहरू प्रदान गर्दछ ।
विद्यार्थीलाई आजको विकसित संसारमा सान्दर्भिक सीपहरू प्रदान गर्ने सन्दर्भमा विद्यार्थीलाई दक्ष जनशक्ति बनाउने हेतुले व्यावहारिक सीप र ज्ञानलाई जोड दिँदै इन्टर्नसिप र परियोजनाको लागि विद्यार्थीहरूलाई विभिन्न संस्थाहरूमा आबद्ध गराइरहन्छ । व्यावहारिक सिकाइ दृष्टिकोणको साथ रोजगारदाताहरूले खोजिरहेका सीपहरू विकास गर्न विद्यार्थीलाई आजको गतिशील रोजगार बजारमा सफलताको लागि सहयोगी हुनेछ । ख्वप शैक्षिक संस्थाको विभिन्न संस्थासँग साझेदारीको व्यापक सञ्जालको कारणले विभिन्न संस्थाहरूमा पहुँच हुँदा यसले ख्वप शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको करिअर यात्रालाई लक्ष्यसम्म पु¥याउन मद्दत गरेको छ ।
अभिभावक संलग्नता
अनुशासित विद्यार्थीहरू र सन्तुष्ट अभिभावकहरू ख्वप शैक्षिक संस्थाको पहिलो प्राथमिकता रहेका छन् । अभिभावकहरू शिक्षाका साझेदार हुन् भन्ने कुरामा ख्वप शैक्षिक संस्था विश्वास गर्दछ । नियमित अपडेट, अभिभावक–शिक्षकअन्तरक्रिया र शैक्षिक संस्थाका गतिविधिहरूमार्फत विद्यार्थीको प्रगतिको बारेमा अभिभावकलाई सधैँ सुसूचित गराइरहन्छ । आफ्ना सन्तानको लागि राम्रो शैक्षिक संस्थान छनोट गर्न अभिभावक सतर्क हुनुपर्छ । ख्वप शैक्षिक संस्थाले अभिभावकहरूलाई आफ्नो बच्चाको शिक्षामा सक्रियरूपमा संलग्न हुने अवसरहरू प्रदान गरेको छ । ख्वप शैक्षिक संस्थाले अभिभावकको साझेदारीलाई महत्व दिँदै विद्यार्थीको प्रगति सुनिश्चित गर्न आमाबाबु र शिक्षकहरूबिच नियमित सञ्चारलाई प्रोत्साहन दिन्छ । विद्यार्थीको सुरक्षा महत्वपूर्ण भएकोले ख्वप शैक्षिक संस्थामा प्रत्येक विद्यार्थीको सुरक्षा र कल्याणलाई प्राथमिकता दिइन्छ ।
ख्वपले एक सुरक्षित शैक्षिक संस्थाको रूपमा सुनिश्चित गर्नको साथै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने वातावरण निर्माण गरेको छ । ख्वप शैक्षिक संस्थाले शैक्षिक अनुशासनमा कठोरता र उच्च–गुणस्तरको शिक्षालाई प्राथमिकता दिने हुँदा अल्छी स्वभावका केही विद्यार्थीहरूलाई ख्वपमा अध्ययन गर्न हिचकिचाहट भएको कुरा पनि सुन्नमा आउँछ । तर, यस्तो स्वभावका विद्यार्थीका अभिभावकहरू आफ्ना सन्तानको उच्च शिक्षाप्रति अझ बढी सचेत हुनु आवश्यक छ । यही वास्तविकतालाई ध्यानमा राखी शिक्षाविद्हरूको अतिरिक्त अभिभावकहरूको सरोकारलाई सम्बोधन गर्न चरित्र निर्माण, नेतृत्व कौशल र अतिरिक्त क्रियाकलापमा संलग्नतासहित समग्र विकासमा ख्वप शैक्षिक संस्थाले विशेष जोड दिएको छ ।
शैक्षिक उत्कृष्टता ख्वप शैक्षिक संस्थाहरुको शीर्ष प्राथमिकता रहेको छ । ख्वप शैक्षिक संस्थाले विद्यार्थीहरूलाई करिअरको तयारी, समस्या समाधान गर्ने क्षमता र व्यावहारिक ज्ञानसहित सीप प्रदान गर्ने कोसिस गरिरहेको छ । राम्रो अनुभवी प्राध्यापक र गुणस्तरीय शिक्षा प्रदान गर्ने यस संस्थाको प्रतिबद्धता रहेको पुष्टि हुन्छ । आफ्ना क्षेत्रका विज्ञ रहेका ख्वप शैक्षिक संस्थाका समर्पित सङ्काय सदस्यहरू विद्यार्थीहरूलाई व्यक्तिगत ध्यान र मार्गदर्शन प्रदान गर्ने हुँदा विद्यार्थीहरूको सफलता सुनिश्चित हुन्छ । ख्वप शैक्षिक संस्थाका पूर्वविद्यार्थीहरू यस संस्थाको सफलताका प्रमाण हुन् । यस संस्थानबाट स्नातक गरेपछि उल्लेखनीय उपलब्धि हासिल गरेका सफल पूर्वविद्यार्थीहरूका कथाहरू थुप्रै छन् । यस संस्थाबाट दीक्षित भएका जनशक्ति देशको विभिन्न सम्मानित निकायमा कार्यरत छन् । ख्वप शैक्षिक संस्थाका स्नातकहरूले शिक्षाको परिवर्तनकारी शक्ति प्रदर्शन गर्दै विभिन्न क्षेत्रमा आफ्नो छाप छोडेका छन् । पाठ्यपुस्तकको अतिरिक्त बाहिरको गतिविधिलाई जोड दिँदै शैक्षिक वृद्धि र चरित्र विकासबिच सन्तुलन ल्याउन पनि ख्वप शैक्षिक संस्था चनाखो छ । फलतः जीवन्त शैक्षिक संस्था जीवनको लागि मित्रता निर्माण गर्ने र अविस्मरणीय सम्झनाहरू सिर्जना गर्ने अवसरहरू विद्यार्थीले पाइरहेका छन् ।
पैसाकै कारण थुप्रै सर्वसाधारण जनताका जेहेनदार छोरा छोरी पढाइबाट वञ्चित रहेको त्यो पुरानो दिनलाई मनन गरेर भक्तपुर नगरपालिकाको पहलमा ख्वप शैक्षिक संस्थाले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै आर्थिकरूपले कमजोर रोगी विद्यार्थीको उपचारको निम्ति शिक्षक र विद्यार्थीको संयुक्त पहलमा वित्तीय सहायता पनि उपलब्ध गराउने गरेका थुप्रै घटनाहरू छन् । उपलब्ध छात्रवृत्ति र कुनै पनि वित्तीय सहायताबारेमा ख्वप शैक्षिक संस्था पारदर्शी भएर बिनाभेदभाव विद्यार्थीलाई आर्थिक सहायता गर्दछ र सस्तो शिक्षाको कारण निम्न आय भएका जनताको निम्ति पनि ख्वप शैक्षिक संस्था पहुँचभित्र परेको छ । गुणस्तरीय शिक्षा सबैको पहुँच सुनिश्चितको लागि भक्तपुर नगरपालिकाको अभियानमा ख्वप शैक्षिक संस्था ‘होस्टेमा हैँसे’ गर्दछ । मजदुरबाट

...

All Comments.......


Please Login/Register To Comments