भक्तपुर । यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को ब्यवसाय प्रबद्र्धन उपसमिति र शिक्षा उपसमितिको संयुक्त आयोजनामा ब्यवसायिक समुह प्रतिनिधि भेला तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भयो ।
शिक्षा उपसमिति  संयोजक कृष्ण गोपाल लागेजूले सहकारीबाट सदस्यहरुलाई प्रदान गर्ने सेवा सुविधाको बारेमा नयाँ ब्यवसायी सदस्यहरुलाई जानकारी गराउनुभयो ।  वर्तमान आर्थिक संकतको अवस्थामा ब्यवसायमा पर्न गएको असर ,बजारमा हुने अस्वस्थ  प्रतिष्पर्धाको कारण ब्यवसायिहरुले भोगिरहेको समस्या औल्याउदै त्यसको समाधान सबै मिलेर योजनाबद्ध रुपमा गर्न सक्ने बताउनुभयो । समदर्शीले सदस्यलाई आर्थिक क्षेत्रमा  मात्र नभइ समस्या लिएर आउने हरेक सदस्यको जुनसुकै समस्याको समाधान गर्न मदत गर्ने बताउनु भयो ।  कार्यक्रममा ब्यवसाय प्रवद्र्धन उपसमिति संयोजक वद्री प्रसाद अवालले अहिलेको आर्थिक संकतको अवस्थामा र नाफामुखी सहकारीहरुले बचतकर्ता सदस्यको निक्षेप फिर्ता गर्न नसकेको हुदाँ धेरै बचतकर्ताको बचत जोखिममा रहेको बताउनुभयो । यस्तो अवस्थामा  राम्रो सहकारी चिनेर बचत गर्न सके बचतकर्ता निक्षेप सुरक्षित रहने बताउनुभयो ।
अन्तरकृयामा सहभागी सदस्यहरुले आ आफ्नो धारणा ब्यक्त गर्नुभएका थिए ।कार्यक्रममा शिक्षा उप समिति सदस्य काशीराम प्रजापतिले बोल्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments