भक्तपुर । उपत्यका नगरपालिका मेयर फोरमका सचिब मदन सुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिनु र नियन्त्रणमा सरकारको लापरवाहीकै कारण सिंहदरबारमा दुई चार जनाको मृत्यु नभए सम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने अवस्था देखिएको बताए ।
उपत्यकामा बिगतका दिनमा बाहिरबाट संक्रमित प्रबेशको डर रहेको अवस्थाको अन्त्य भएको भन्दै कोरोनाको केन्द्र बनेको उपत्यकाबाट अब दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना संक्रमणको दर बृद्धि हुने तर्फ बेलैमा सर्तकता अपनाउन नसके यसले झन् महामारीको रुप लिने उनको दाबी छ ।
उपत्यकामा अब लकडाउन नहुने बताउँदै श्रेष्ठले संक्रिय संक्रमितको क्षेत्रको पहिचान गरि फरक कालको निषेधाज्ञा लगाउनु पर्छ अन्यथा दशैंसम्म उपत्यकामा बढ्दो संक्रमितको संख्याले लाख नाघ्ने छ ।
उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सिमित बन्दा उपत्यकामा महामारी फैलिएको उनले आरोप लगाए ।
उनले अर्को प्रसंगमा भने उपत्यका बिकास प्राधिकरण निश्चित ब्यक्तिको आर्थिक चँगुलमा फसेको र उपत्यका नगरपालिकाले बिघटनको आवाज उठाउँदै आएको छ ।
सरकारले दशकौं अघिको तयार पारेको नक्शालाइ स्मार्ट सिटिको नाम दिँदै बिदेशी पैसाकै भरमा उपयत्काको भूगोल नबुझि र बिना छलफल ल्याएको स्मार्ट सिटिको अवधारणको फोरमले बिरोध गर्दै आएको र यसले पूर्णता नपाउने उनले ठोकुवा गरे ।
उनले उपत्यकाको सम्पूण पाटोको अध्ययन गरि सरोकारवालाहरु सँगको छलफल बिना ल्याइएको स्मार्ट सिटि पनि आर्थिक चलखेलकै पाटो रहको बताए ।    

...

All Comments.......


Please Login/Register To Comments