भक्तपुर । भक्तपुरको चाँगुनारायण न.पा.४ लामाटोलमा बस्ने वर्ष ३० को छेसुङ लामाको छोरी वर्ष ५ की बालिकालाई निजकै कोठामा वस्ने एक युवकले जवरजस्तीको असफल प्रयास भएको छ । त्यही प्रसायको आरोपमा मकवानपुर सुनाचुरी गा.पा.घर हुने वर्ष १९ को बुद्धिलाल तितुंङ लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि बुद्धिलाल तितुङलाई प्र.चौ.चाँगुनारायणबाट खटिईएको प्र.ब.ना.नि.निर्मल खत्रीको चार जनाको टोलीले नियन्त्रणमा लिएको छ । हाल उनीलाई परिसर भक्तपुरमा ल्याई राखिएको छ । थप अनुसन्धान कार्य भईरहेको परिसरले जनाएको छ । घटनास्थल परिसर भक्तपुरबाट ६ कि.मि.उत्तर पर्दछ ।
...

All Comments.......


Please Login/Register To Comments