अमेरिकी वायुसेनाको विमान मार्फत् अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएकाे छ।

संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाको टोली काठमाडौं आएको हो।

नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्न १२ अमेरिकी सेनाका कर्मचारीहरू लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गर्दैछ।

४० औँ संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा हुनेछ।

संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले बताएका छन्।

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाका १२ जना सहभागी हुनेछन्।


...

All Comments.......


Please Login/Register To Comments