वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा आजबाट भ्वाइस अफ बागीश्वरी सिजन ३ सुरु भएको छ ।
यसका लागि श्रावण ३० गतेदेखि भाद्र १२ गते सम्म दर्ता गर्ने समय तोकिएको थियो । यस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत ७६ जना विद्यार्थीहरूले नाम दर्ता गराएका थिए । सो मध्ये ७३ जना विद्यार्थीहरूले अडिसनमा भाग लिएका छन् ।
सो गायन प्रतियोगितामा निर्णायक मण्डलमा गायक तथा संगित संयोजन कर्ता गनु साम्पाङ राई र नविन्द्र‌लाल कर्माचार्य रहेका थिए ।
आजको अडिसनबाट दोस्रो चरणको लागी १७ जना विद्यार्थीहरू छनाैट गरिएको छ ।




...

All Comments.......


Please Login/Register To Comments