मध्यपुर थिमि । प्राञ्जल नेपालका अध्यक्ष एवं पूर्वीय दर्शनका अध्येता आचार्य डिल्लीराम गौतमले कृष्णाष्टमीको सामाजिक, सांस्कृतिक एवं व्यवहारिक महत्व रहेको बताउनु भएको छ । समृद्धि समूह मध्यपुर थिमिका अध्यक्ष पूरुषोत्तम श्रेष्ठको सभापतित्वमा भएको सत्संग कार्यक्रममा प्राज्ञ डिल्लीराम गौतमले जीवन र जगत बुझने र बुझाउने व्यक्ति श्रीकृष्ण जन्माष्टमीको धार्मिक महत्वबारे चर्चा गर्दै भौतिक शरीरमा आध्यात्मिक चेतना भएपछि मात्रै मानिस जिवित भएको तथ्य उदाहरण सहित प्रस्तुत गर्नुभयो । भौतिक वस्तु नाशवान हुने तर अध्यात्म र आत्मा अमर रहने दृष्टान्त दिदैं प्राज्ञ गौतमले कृष्णको जन्म, काम, लिलाबाट हामीले लिनुपर्ने शिक्षा र सन्देशबारे संक्षेपमा चर्चा गर्नुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्वमेयर मदनसुन्दर श्रेष्ठ, सञ्चारकर्मी सागर गुरागाईं, महिला नेत्रीद्धय उत्तरा नेपाल, रति थापा श्रेष्ठ, समृद्धि समूहका सुन्दर श्रेष्ठ, सुरेश साहु श्रेष्ठ लगायतका वक्ताहरुले चाडपर्वको धार्मिक, सामाजिक महत्व सहित आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा समृद्धि समूहकी सदस्य कृष्णलक्ष्मी श्रेष्ठको जन्मदिन पनि मनाइएको थियो । समूहका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले आर्थिक समृद्धि बिना सामाजिक, व्यक्तित्व अनि नेतृत्व विकास अधुरो र अपुरो हुने भएकोले मासिक रुपमा रकम संकलन गर्दै आर्थिक समृद्धिको कार्यसँगै भेटघाट मार्फत सृजनात्मकतादेखि दिगो सहकार्यको लक्ष्य रहेको जानकारी दिनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments