भक्तपुर । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । प्रमुख अतिथि एमएडव्लू ग्रुप अफ कम्पनिज म्यानेजिंग डाइरेक्टर विष्णुकुमार अग्रवाल; हिमालय रोडिस सिएसन पाँंचका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सुनायलटी सुरज सिंह ठकुरी र हिमालयन रोडिस सिएसन पाँंचको ग्यांग लिडर श्रीमती प्रियका कार्कीको हातबाट सोमबार भव्य समारोहवीच शोरुम संयुक्त रुपमा उदघाटन गरियो । 
यामाहाको विश्वव्यापी नयाँ अवधारणा व्लु स्वायरलाईलाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । यामाहाको ग्लोबल मोटर स्पेट लेजिसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा व्लु स्क्वायर शोरुमलाई लिइएको छ । शोरुममा प्रयोग गरिएको व्लु कलरले यामाहा ब्राण्डको रेसिंग डीएनएलाई झल्काउने र स्वायरले वन स्टप वाइग जक्सन, जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसोसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने छ । यस शोरुममा वेटर कष्टमर एक्सपरेन्स अनुभव गर्नुको साथै छिटो र पर्सनलाइज वान टु वान सर्भिस् प्रदान गरिने जानकारी गराइएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट  यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजीमार्फत् क्युआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्र्न सक्नेछन् ।
स्थापनाकालदेखि नै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा व्लु स्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनीको ठहर छ । साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ ।

“हामी कौशलटार भक्तपुरमा हाम्रो यामाहा व्लु स्वायर शोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित छौँ । यो पनि सबैभन्दा ठूलो र सबैभन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधियुक्त विभिन्न मोटरसाइकल स्कुटर एसोसरिज र एपरिअल उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ, यामाहा नेपालका लागि सिइओ राजु क्षेत्रीले बताउनुभयो । 
कार्यक्रममा द ह्विल्स प्रालि कौशलटार भक्तपुरका म्यानेजर सुरेश कवांले स्वागत मन्तव्य तथा समापन भाषण दिएका थिए । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments