भक्तपुर, भदौ २९ । भीम आदर्श आधारभूत विद्यालयमा अतिरिक्त प्रतियोगिता संचालन गरी अन्तर्राष्ट्रिय बालदिवश सम्पन्न गरेको छ । विद्यालयका प्रअ दीपक माकले बाल अधिकारलाई प्रत्याभूत गर्ने उद्देश्यले विद्यालयमा विभिन्न तहका विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराएको बताउँदै विद्यार्थीहरूको भविष्यलाई सुरक्षित पार्न तिनीहरूको लागि आवश्यक लगानी राज्य र सरकारले गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा म्युजिकल चियर, बल एण्ड स्पोन, क्याप्टर पिलर, बल क्यारी, एक खुट्टे तथा तीन खुट्टे खेलहरूमा विद्यालयका नर्सरी कक्षा देखि ७ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता जनाएका थिए । उत्कृष्ट खेल प्रदर्शन गरेका विद्यार्थीहरूलाई विद्यालयका प्रअ दीपक माकले पुरस्कार वितरण गरेको सो कार्यक्रममा विद्यार्थीहरूले आआफ्नो सांस्कृतिक प्रस्तुतिको रूपमा नृत्य प्रस्तुत गरेका थिए ।...

All Comments.......


Please Login/Register To Comments