भक्तपुर
यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा शनिबार भक्तपुर दरबार क्षेत्रमा बाल सदस्यहरुको लागि बाल चित्रकला कार्यशाला सम्पन्न भयो ।
राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा आयोजित चित्रकला कार्यशालाको औपचारिक कार्यक्रमका संस्थाका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिराम लवजूले सहभागि हुने सबै बाल सदस्यहरुले राम्रो भन्दा राम्रो चित्र बनाउने आशा ब्यक्त गर्नुभयो । सञ्चालक समिति अध्यक्ष रामकृष्ण मानन्धरले चित्रकलामा सहभागि बाल सदस्यलाई उमेर अनुसार समुह छुटाएर पुरष्कृत गरिने बताउनुभयो । 
महिला तथा बालबालिका उपसमितिका संयोजक लक्ष्मीकेशरी सुजखूको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला तथा बालबालिका उपसमितिका सदस्य तुमला कोजूले स्वागत  र सेवाकेन्द्र प्रमुख शर्मिला दुवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
चित्रकला कार्यशालाको औपचारिक कार्यक्रम पश्चात सहभागि बाल सदस्यलाई संस्थाबाट भक्तपुर दरबार क्षेत्रमा लगेर चित्रकला कार्यशालाको आयोजना गरिएको थियो । राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा आयोजित चित्रकला कार्यशालामा १२५ जना बाल सदस्यको सहभागिता रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments