अमेरिकामा रहेका गायक कृष्ण बुढाथोकिको लोक दोहोरि जादु रैछ मायाको बोलिमा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियो चर्चित मोडल अञ्जलि अधिकारी र महेन्द्र गौतमले अभिनय गरेका छन् । गलबन्दि गीतबाट चर्चामा आएकि अञ्जलिको धेरैपछि गलबन्दि गीतलाई बिर्साउने जादु रैछ मायाको बोलिमा रिलिज भएको हो । म्युजिक भिडियोमा अञ्जलि र महेन्द्रले दमदार अभिनय गरेका छन् । त्यस्तै भिडियोमा परम्परागत गाउँले भाषा बोलेर चर्चामा आएका कुल बहादुर ओलिले पनि अभिनय गरेका छन् ।

भ्युजिक भिडियोले खास गरि गाउँघरमा हुने नाँचगान, रातभर गाउँघरमा हुने दोहोरी र दोहोरीमै बस्ने माया प्रेमलाई प्रस्तुत गरेको छ । गाउँघरमा युवायुवति रातभरि दोहोरी गाउने र दोहोरीमा हारजित भए विहे गर्ने परिपाटिलाई पनि भिडियोमा प्रस्तुत  गरिएको छ । कृष्ण बुढाथोकिकै लय तथा शब्द रहेको गीतमा कमला पोख्रेलले आवाजमा साथ दिएकि छन् । १५ मिनेट लामो म्युजिक भिडियोलाई विरेन्द्र भाटले छायांकन गरेका छन् भने ललित केसीले निर्देशन गरेका छन् । कुनै समय नेपालमै रहेर थुप्रै लोकदोहोरी गितमा आवाज दिएका कृष्ण बुढाथोकि बिगत ५ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments