कञ्जन किसी
निपा भाइरसले विक्रम संवत् १९९८ मा मलेसियामा त्राहीत्राही मच्चाएको थियो । साथै एक सय आठ जनाको ज्यान गएको थियो । पछिल्लो पटक १०१८ मा थाइल्याडमा देखिएता पनि यसको असर भने नभएको डव्लूएचओले जनाएको छ । 
विडम्वना पाँंचवर्षपछि यो भाइरस भारतको केरलामा २०२३ सेप्टेम्वरमा पुनः फेला परेको छ । यो भाइरस पाँंचजनामा देखिनुका साथै दुईजनाको मृत्यु भएको डव्लूएचओले जनाएको छ । 
निपा भाइरस चमेरोद्धारा सर्ने भाइरस हो । चमेरोको रयाल र पिशावमा पाइने यो भाइरस हतपत नसर्ने तर सरेपछि दुईतीन दिनभित्र कोमामा पुग्ने वा ज्यान जानसक्ने चिकित्सकको भनाई छ । 
अधिकतम मृत्युदर भएकाले यो रोग कोभिड १९ भन्दा पनि खतरनाक रहेको चिकित्सक बताउँंछन् । यो रोग वालवालिका बृद्ध, युवा सवैमा त्यतिकै रुपमा सर्नसक्ने वताइएको छ । जनावरहरुबाट मान्छेमा र मान्छेबाट मान्छेमा सर्नसक्ने हुनाले सावधानी र शतर्कता अपनाउन जरुरी छ । यो रोग लागेका ४० देखि ७५ प्रतिशत विरामीहरु मृत्युको मुखमा पुगेको चिकित्सक बताउँंछन् । यस्तो जटिल रोग भएता पनि यो रोगको उपचार भने नभएको चिकित्सक बताउँंछन् । साधारण लक्षण हुँंदा नै यो रोगको उपचार गर्न लक्ष्य अनुसारको औषधि खाने, झोल खानेकुरा खाने र आराम गर्दा वच्न सकिने डाक्टर बताउँछन् । 
रोगका लक्षणहरु
१ ज्वरो आउनु
२ टाउको दुख्नु
३ जिउ दुख्नु
४ बान्ता हुनु
५ रिंंगता लाग्नु जस्ता यसको साधारण लक्षण हुन् भने दिमाग सुनिने जस्ता जटिल लक्षण पनि यसमा देखापर्छ । 
कसरी वच्ने ?
संक्रमित व्यक्तिबाट टाढा रहने, हातमुख सावुन पानीले राम्रोसँंग धुने, व्यक्तिगत सरसफाईमा ध्यान पुरयाउने, सफा र स्वच्छ पानी पिउने ।
नजिकैको देश भारतमा यो रोग फैलिरहेको हुँदा हामीले पनि सतर्कता अपनाउन जरुरी छ ।     

...

All Comments.......


Please Login/Register To Comments