भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बुधबार एकदिने लेखापालन तथा लेखा परीक्षण तालिम सम्पन्न भएको छ । साथै संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा भएको धिमे बाजा प्रशिक्षण तालिमको बिहीबार समापन भयो ।
लेखापालन तथा लेखापरीक्षण तालिममा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्दै संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाको लेखा नीति तथा निर्वाचन निर्देशिका अनुसार यस्तो तालिमको महत्व रहेको बताउनुभयो । 
कार्यक्रममा प्रशिक्षण दिनुहुँदै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण ध्वोंजुले आन्तरिक तथा वाह्य लेखा परीक्षणका प्रक्रियाबारे स्पष्ट पार्नुभयो । उहाँले संस्थामा रहँदा पालना गर्नुपर्ने विभिन्न व्यवस्थाबारे जानकार रहनुपर्ने औंल्याउनुभयो । उहाँले संस्थामा नीतिगत व्यवस्था र कार्यान्वयन, लेखा तथा प्रशासन, ऋण लगानी तथा असुली, योजना तथा उपलब्धी र खतराका सूचकहरुबारे स्पष्ट पार्नुभयो । कार्यक्रममा संस्थाका सहायक व्यवस्थापक दयालक्ष्मी धन्छाले पनि बोल्नुभएको थियो ।
त्यस्तै चार महिने महिला धिमे बाजा प्रशिक्षण तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै संस्थाका अध्यक्ष बलराम प्रजापतिले महिलाहरु हरेक क्षेत्रमा अगडि बढेको बताउनुभयो । उहाँले कला र संस्कृतिको क्षेत्रमा यस्तो प्रशिक्षणले थप ऊर्जा प्रदान गर्ने बताउनुभयो ।
सांस्कृतिक उपसमितिका संयोजक नारायणी खोँजूले संस्थाले हालसम्म २ सय ७२ जनालाई बाँसुरी, भ्वाइलिन, धिमे, मादललगायतका तालिम दिइसकेको बताउनुभयो । उहाँले संस्थाले आर्थिकसँगै सांस्कृतिक क्षेत्रमा योगदान गरिरहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक सत्यनारायण साँयजू, धिमे गुरु पृथ्वी नारायण प्रजापति, नृत्य गुरु सन्देश प्रजापति, प्रशिक्षार्थी पंचरेखा प्रजापतिलगायतले बोल्नुभएको थियो । धिमे बाजा तालिममा २६ जनाको सहभागिता रहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments