भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान र संघीयताको भावना अनुसार भक्तपुर नगरपालिकाले काम गरिरहेको बताउनुभयो । 
नेपाल र विभिन्न देशका नगरपालिकाहरुका प्रमुख, उप–उपप्रमुख तथा प्रतिनिधि मण्डललाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले  नेपाल मजदुर किसान पार्टीको सिद्धान्तलाई व्यवहारमा उतार्दै भक्तपुर नगरपालिकाले समाजवाद उन्मुख काम गरिरहेको बताउनुभयो । 
स्थानीय तह बलियो भए जनता बलिया हुन्छन् । हामी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनु पर्छ भन्ने पक्षमा छौं । संघ र प्रदेशले विभिन्न नाउ“मा स्थानीय तहको अधिकार खोस्दैछन् । त्यसमा हाम्रो आपत्ति छ– उहा“ले भन्नुभयो । 
उहा“ले शिक्षा, स्वास्थ्य उपचार सम्पदा संरक्षण, सरसफाइलगायतका काममा भक्तपुर नगरपालिकाले विशेष जोड दिएर कार्य गरिरहेको स्पष्ट पार्दै हामी आत्मनिर्भर भएर बा“च्ने प्रयास गरिरहेका छौं भन्नुभयो । 
युवाहरुलाई शिक्षास“गै हातमा सीप दिन नगरपालिकाले चिनिया“ भाषा, जापानी भाषा, डकर्मी, सिकर्मी, हेयर कटिड्ड, कुक, सिलाई जस्ता विभिन्न विषयमा सीपमूलक तालिम दिइरहेको उहा“ले जानकारी दिनुभयो । 
कार्यक्रममा पाखीबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुड्डले आप्mनो नगरपालिकामा श्रोत र साधनको कमीले केन्द्र र प्रदेशको मुख ताकेर विकास निर्माण गर्नुपर्ने बाध्यता रहेको बताउ“दै भक्तपुर नगरपालिकाले गरेको न्यानो स्वागतप्रति आभार प्रकट गर्नुभयो । 
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुखलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । नगर प्रमुख प्रजापतिले स्वदेशी तथा विदेशी विभिन्न नपाका प्रमुख, उपप्रमुखहरुलाई मायाको चिन्ह स्वरुप मयुरको झ्याल र नगरपालिका प्रकाशनहरु प्रदान गर्नुभयो । 
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भ्रमण टोलीलाई दरबार स्क्वायरको खौमा ढोकामा भादगाउ“ले टोपी र खादा लगाई स्वागत गर्नु भएको थियो । 
भक्तपुर भ्रमणमा जनवादी गणतन्त्र चीनका प्रतिनिधिहरु, मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाड्ड, जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, मानाड्ड डिस्याङ गाउ“पालिकाका उपप्रमुख छिरिड्ड गुरुड्ड, रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी र अमरगढी नगरपालिकाका उपप्रमुख पार्वती झुकाललगायतको सहभागिता रहेको थियो भने भ्रमण टोलीले दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र, ख्वप अस्पताल, ख्वप इन्जिनियरिड्ड कलेजलगायतका क्षेत्रहरुको अवलोकन भ्रमण गरेको थियो । 

...

All Comments.......


Please Login/Register To Comments