भक्तपुर । बागमती प्रदेश अन्तर्गतको प्रदेश सुशासन केन्द्रद्वारा विभिन्न स्थानीय तहको अधिकृतस्तर सातौं÷आठौं तहका कर्मचारीहरुको लागि “विकास व्यवस्थापन र सेवाप्रवाह” विषयक सेवाकालीन तालिमको सिलसिलामा भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्र्रजापतिस“ग भनपा सभाकक्षमा अन्तरक्रिया मिट द मेयर कार्यक्रम सम्पन्न भयो । 
कार्यक्रममा प्रस्तुतीकरणमार्पmत प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाई र फोहोरमैला व्यवस्थापन तथा युवाहरुलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउने कार्य गरिरहेको बताउनुभयो । उहा“ले भक्तपुर नगरपालिकाले स्थानीय नगरबासीहरुको समस्या सम्बोधन गर्दै समाजवादउन्मुख कार्य गरिरहेको स्पष्ट पार्नुभयो । “हामी जनताका प्रतिनिधि हौं, जनताकै निम्ति काम गर्दैछौं– उहा“ले भन्नुभयो । सहभागीहरुले राखेका जिज्ञासालाई सम्बोधन गर्दै नपाले हरेक विषय कानून निर्माण गरेर काम गरिरहेको छ भन्नुभयो । 
सहभागीहरुले शैक्षिक ऋण र छात्रवृत्ति वितरण प्रकृया, उपभोक्ता समितिबाट काम गर्ने शैली, महिला, बालबालिका तथा अपाड्डहरुको निम्ति नगरपालिकाले गरिरहेको सेवा प्रवाह तथा कर्मचारी व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको थियो । भक्तपुर नगरका मेयरसँग भेट्न पाएको र नपाले गरेका कार्यहरुबारे जनारी पाएकोमा सहभागीहरुले खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सुशासन केनद्रका निर्देशक गीता गुरुड्ड, उपनिर्देशक विनोद विडारी लगायत २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । उपनिर्देशक विडारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments