भक्तपुर । भक्तपुर जिल्लामा आज असोज १४ गते बुधबार पनि कोरोना भाईरस संक्रमितको संख्या बृद्धि भएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जिल्लामा ५३ पुरूष र ४० महिला गरि ९३ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको भएता पनि ८७ जनाको नामावली आएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
ती संक्रमित बिरामीहरू भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा (२१पुरूषर२४महिला) गरि ४५ जना, चाँगुनारायण नपामा (३पुरूषर४महिला) गरि ७ जना, सुर्यबिनायक नपामा (७पुरूषर११महिला) गरि १८जना र मध्यपुर थिमि नगरपालिकामा लौहकन्थली, गठ्ठाघर, बाहाखा बजार, वोडे, नगदेशलगायतका स्थानमा (५पुरूषर१०महिला) गरि १५जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । त्यसैगरी २ जनासंग सम्पर्क जारी रहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments