भक्तपुर, असोज १२ । भक्तपुर लिवाली स्थित भीम आदर्श आधारभूत विद्यालयमा बागिश्वरी मावि भक्तपुर कक्षा १२ शिक्षाशास्त्रमा अध्ययनरत विद्यार्थीहरूको छात्रशिक्षण अभ्यास सम्पन सहित बिदाइ भएको छ । सोही कार्यक्रममा विद्यालयका प्रअ दीपक माकले देशको शिक्षा क्षेत्रमा योग्य जनशक्ति उत्पादन हुने शिक्षा शास्त्रले विद्यार्थीहरुमा आवश्यक ज्ञान र धारणा निर्माणमा भएका कमीकमजोरीलाई हटाउन सहयोग गर्ने बताउँदै छात्र शिक्षकहरूको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षकद्वय पूजा दाहाल र शेरबहादुर थापा लगायतले छात्र शिक्षकहरूको शिक्षण अभ्यासको बारेमा जानकारी दिनुभयो । छात्रशिक्षकहरुले कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूका लागि हाजिरीजवाफ, कक्षा १र २ लागि चम्चादाैड तथा प्ले ग्रुपका लागि चकलेट खाने प्रतियोगिता र तातो आलु खेलको प्रतियोगिता गरेका थिए । छात्रशिक्षकहरुले संचालन गरेको विभिन्न अतिरिक्त क्रियाकलापका उत्कृष्ट प्रतियोगीहरूलाई विद्यालयका प्रअ दीपक माकले पुरस्कार वितरण गर्नुभयो ।...

All Comments.......


Please Login/Register To Comments