भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकाको तर्फबाट छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी ५० लाख देखि १ करोड सम्म सहयोग गर्ने घोषणा गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको उक्त आश्रम निर्माणको लागी ५० लाख देखि १ करोड वरावरको रकम सहयोग गर्न तयार रहेको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले घोषणा गरेका हुन । छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागि सहयोगार्थ ताथलीमा सञ्चालित भक्तपुर,चाँगुनारायण,तथा साँस्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० मा सहभागी भएका नगरप्रमुख थापाले उक्त कुराको घोषणा गरेका हुन । नगरप्रमुख सहित उपप्रमुख सरिता तिमिल्सिनाको पनि कार्यक्रममा सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा नगरप्रमुख थापाले १ लाख १ हजार १११ रुपैयाँ पनि सहयोग गरेका छन । त्यस्तै उपप्रमख तिमिल्सिनाले १५ हजार ५५५ सहयोग गरेकी छन । त्यस्तै नगरपालिकाको तर्फबाट वडा नं. १ का वडा अध्यक्ष सानुकाजी कायस्त,२ का प्रदिप कार्की,३ का दिपेन्द्र केसी,४ का लक्षुराम केसी,५ का राजकुमार न्यौपाने र ६ का ईश्वर खड्काको सहभागिता रहेको थियो । त्यस्तै वडा नं. ७ का रविन्द्र सापकोटा,८ का पुष्पराज बस्नेत,९ का भगवान खत्री र वडा नं. १० का शिवराम राउतको पनि सहभागीता रहेको थियो ।...

All Comments.......


Please Login/Register To Comments