नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान,  स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं  तथा साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा  भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा ३ सदस्य कथक नृत्य समुहद्वारा कथक नृत्यहरुको प्रस्तुति रहेको Kathak Dance Recital कार्यक्रम काठमाडौंबाट शुभारम्भ भएको छ ।
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले  प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय मुम्बई, भारत निवासी नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा ३ सदसीय कथक नृत्य समुहद्वारा भगवान शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित ६ वटा कथक नृत्यहरुको मनमोहक प्रस्तुति दिनुभएको थियो । उहाँलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गांगलले नृत्यमा साथ दिनुभएको थियो ।
प्रमुख अतिथि राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले
कुलपति निशा शर्माले सांस्कृतिक आदानप्रदान मार्फत नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा संयुक्त रुपमा आयोजित ‘Kathak Dace Recital' कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे विश्वास व्यक्त गर्नुभयो ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका निर्देशक डा. अासवरी बापटले संस्कृतिले भाईचारा र मेलमिलाप सिकाउने बताउँदै नेपाल र भारत सांस्कृतिक दृष्टिले समान रहेकाे बताउनुभयाे ।
प्रमुख अतिथि राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, पूर्व मन्त्री एवं संघीय संसद सदस्य गिरीराजमणि पाेखरेल, डा.अासवरी बापट, कुलपति निशा शर्मा एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक अशाेक राईले संयुक्तरूपमा कलाकार समूहलाई खादा, रूद्राक्ष माला र मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रष्तिष्ठानका उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद सदस्य, सभा सदस्य, पूर्व पदाधिकारीहरु, भारतीय दूतावासका प्रतिनिधि एवं सङ्गीत, नृत्य, नाटक क्षेत्रका विशिष्ट स्रष्टा, सर्जक, कलाकार र विद्यार्थीहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

रञ्जना फड्केकाे समूहले नेपालका तीन स्थानमा कथक नृत्यको प्रस्तुतिहरु दिने कार्यक्रम रहेकोमा  दोस्रो प्रस्तुति असोज १७ गते विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति १९ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा रहने छ  ।

...

All Comments.......


Please Login/Register To Comments