भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालले गत शुक्रवार हिंडेर इन्डोस्कोपी गर्न गएका भक्तपुर चोर्चाका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको विरुद्धमा विहिवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रह्यो ।
अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुुग्दा लाखाजु अन्तिम अवस्थामा रहेको परिवारस्रोतले जनाएको छ ।
इन्डोस्कोपी गर्दागर्दै इवामुरा अस्पतालले एक्सपायरड भन्दै मृत्यु भएको रिपोर्ट दिएपछि आत्तिएका उनका भाइ विजेस लाखा र छोरा नविनले तत्काले अर्को अस्पतालमा लान जोडबल गरेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।
नर्भिक अस्पतालले जिउँदै रहेको भन्दै अहिले भेन्टिलेटरमा राखी उपचार गरिरहेको भाइ विजेस लाखाले बताए । नर्भिक अस्पतालले रगतको प्रवाह रोेकेका कारण मस्तिष्कमा क्षति पगेकोले यसैं भन्न नसकिने जवाफ दिएको छ ।
इवामुराले मृत्यु भयो भनी थप उपचार नगरेकाले र अस्पतालमा खासै सुविधा नभएकाले सिकर्मी पेश ागर्ने लक्ष्मीकुुमार अन्तिम अवस्थामा पुुगेको ठहर स्थानीय बासिन्दाको छ । उनीहरु भन्छन्,‘इवामुराले मृत्युु भयो भनेको व्यक्तिको उपचार किन नर्भिकमा जीउँदै छ भन्दै इवामुरा अस्पतालकै रिफरमा उपचार भइरह्यो त ?’
चिकित्सकको लापर्वाहीले गर्दा र इन्डोस्कोपीको खराबी एवम इवामुरा अस्पतालको हेलचक्रयाँइका कारण सामान्य फर्निचरको काम गर्ने भक्तपुरका च्याम्हासिंहमा बस्ने लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा परेपछि उनको परिवार नै जोखिममा परेको छ ।
हामीले पटक पटक इवामुरालाई के भएको हो र कसरी भएको हो भनेर जान्न फोनमा कुरा गर्दा र अस्पतालमा भेट्न खोज्दा समय नदिने र फोनमा पनि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने गरेका कारण जनताको स्वास्थ्य अधिकार र जनस्वास्थ्य ऐनको प्रत्याभुतिका लागि हामी बाध्य भएर दबाबमुलक कार्य गर्न वाध्य भएको आन्दोलनरत पक्षका रत्नश्वरी चवालले बताइन् ।  
‘एउटा सकुुशल व्यक्ति एकैचोटी कोमामा जानुु आश्चर्यको कुरा हो। त्यसमाथि उपचारको क्रममा के भएको हो भनेर जान्न पाउने प्रत्याभुति जनस्वास्थ्य ऐनले व्यवस्था गरे पनि स्वास्थ्यको व्यापार गर्दै आएको इवामुरा अस्पतालले विरामीको परिवारको भावनामाथि ठेस पुु¥याएको छ । ’, उनले भनिन् ।
सामान्य सिकर्मीको परिवारले कसरी नेपालकै महँगो अस्पतालले शुल्क तिर्न सकिएला ? इवामुराको अस्पतालको लापर्वाहीका कारण नै यो घट्ना भएको हाम्रो ठहर छ।  यसर्थ विरामीको निःशुल्क उपचारको व्यवस्था गर्नुुपर्ने माग परिवारले गरेको छ ।
इवामुरा अस्पतालले भने दिनभरी तिमीहरु जे गर्न सक्छौ गर भन्दै प्रहरी दमन गराउने प्रयास गरेको थियो । तर भक्तपुरबासीको दिनभरीको आन्दोलनपछि वार्ता भएको र बार्ता सकारात्मक हुँदै गएको बताइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments