भक्तपुर । भक्तपुरमा एकदिने नेक इन्जेनियम २०२३ प्रदर्शनी विहीबार सकिएको छ । प्रदर्शनीको झण्डै पाँंच हजार विद्यार्र्थीले अवलोकन गरेको जनाइएको छ । त्यसका लागि आयोजकले काठमाडौं उपत्यकाका विभिन्न स्कुल कलेजहरुलाई निमन्त्रणा गरिएको थिको । साथै काठमाडौंको दुई छुुटाछुटै स्थानहरुबाट प्रदर्शनीमा आउने विद्यार्थीलाई निशुल्क बस सुविधाको व्यवस्था गरेको थियो । 

जिल्लाको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनीमा आन्तरिक र बाह्य गरी एक सय भन्दा वढी स्टलहरु रहेका थिए । विशेष गरी इन्जिनियरिंग सम्वन्धि सम्वन्धित स्टलहरु वढी रहेका थिए । बाहिरका प्लस टु साइन्स र भित्रका स्नातक तहका इन्जिनियरिंगका विद्यार्थीले स्टल राखेको जनाइएको छ । 

प्रदर्शनीको एक कार्यक्रमवीच चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले रिवन काटेर गरेका थिए । त्यस अवसरमा उनले कलेजलाई देशकै उत्कृष्ट प्राविधिक कलेजको रुपमा विकास गर्ने योजना रहेको बताए । कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा बुझ्ने बनाउन प्रदर्शनीको आयोजना गरेको सुनाए ।  

प्रदर्शनी संयोजक विजय श्रेष्ठले प्रदर्शनीको क्रममा विविध प्रतियोगिता हुने जनाए । उनका अनुसार प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट, ओपन प्रोजेक्ट, पोस्टर डिस्प्ले, रोबोटिक्स, पेपर ब्रिज डिजाइन, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्ससहित विभिन्न प्रकारका प्रतियोगिताहरू हुने छन् । दस जोड दुईका विद्यार्थीहरूको लागि परियोजना प्रतियोगितासमेत हुने छन् । प्रदर्शनीलाई अझ रोमाञ्चक बनाउन विजेताहरूको लागि पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । असाधारण प्रतिभा र रचनात्मकता प्रदर्शन गर्नेहरूलाई पुरस्कारहरूको व्यवस्था रहेको उनको भनाई थियो । प्रदर्शनीमा दस जोड दुईका विद्यार्थीहरूका लागि खुला विज्ञान परियोजना प्रतियोगिता पनि हुने जनाइयो । यहाँं सहभागी प्रतियोगीहरुमध्ये सर्वाेत्कृष्टलाई ३० हजारसम्मको पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । 

‘यो प्रदर्शनी प्रतिभा प्रस्फुटन मात्र होइन; यो इन्जिनियरहरू, आविष्कारकहरू र समस्या समाधानकर्ताहरूको भावी पुस्तालाई उनीहरूको कडा परिश्रमको इनाम दिँदै प्रेरणा दिनेबारे हो, प्रदर्शनी संयोजक श्रेष्ठले थपे, चाहे तपाईं विद्यार्थी, शिक्षक वा प्राविधिक नै किन नहोस् सवैका लागि नेटवर्किङका अवसरहरू र अत्याधुनिक परियोजनाहरू र डिजाइनहरू हेर्ने मौकाले भरिएको हुने हामी प्रतिज्ञा गर्दछौ ।’

विचारलाई यथार्थमा रूपान्तरण गर्दै भन्ने नाराका साथ प्रदर्शनी र प्रतियोगिताहरू हुन लागेको जनाएको छ । नेपालभरका कलेज र संस्थाहरूका विद्यार्थी, शिक्षक र प्राविधिक उत्साहीहरूलाई आयोजक नेपाल इन्जिनियरिङ कलेजमा प्रेरणा र आविष्कारको दिनमा सामेल हुन हार्दिक निमन्त्रणा गरेको छ । प्रदर्शनीका लागि प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल इको प्यानललगायतको प्रायोजन रहेको जनाइएको छ । त्यसकारण त्यहाँं उनीहरुका स्टलहरु पनि रहेका छन् । 

प्रदर्शनीमा नेपाल इको प्यानलको स्टल 

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आयोजनामा बिहीबार भएको नेक इन्जेनियम २०२३ प्रदर्शनी २०२३ मा नेपाल इको प्यानलले स्टल राखेको छ । भबन निर्माण सामाग्रीबारे इन्जिनियरिंगका विद्यार्थीलाई जानकारी गराउन सहयोग पुगोस् भनेर स्टल राखेको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत       (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए । यसअघि यसबारेमा आयोजक कलेजले नेपाल इको प्यानललाई प्रायोजनार्थ आग्रह गरेको थियो । प्रदर्शनीमा एक सय भन्दा वढी इन्जिनियरिंगका स्टलहरु रहेका छन् । नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । 


...

All Comments.......


Please Login/Register To Comments