काभ्रे — चौथो बनेपा महोत्सव-२०८० शुक्रबारबाट सुरु भएको छ । ‘हाम्रो अभियान, खेलको सान, संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बीबीसी)को आयोजनामा आजबाट सुरु भएको हो । कात्तिक ४ गतेसम्म चल्ने महोत्सव बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री तीर्थबहादुर लामाले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहअघि बनेपा पार्टी भेन्यूबाट बनेपा नगरपालिका परिक्रमा गर्दै महोत्सव हुने स्थानसम्म स्थानीय कला, संस्कृति झल्कने बाजागाजा नाच, झाँकीसहित विभिन्न संघ संस्था, कलेज, क्लबको सहभागितामा र्‍याली आयोजना गरिएको थियो ।

महोत्सवमा विभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू, सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजक संस्थाका अध्यक्ष महेशकुमार कर्माचार्यले जानकारी दिए । उनका अनुसार, महोत्सवमा घरेलु उत्पादनका सामग्री, हस्तकलाका सामग्री, खाद्य सामग्री, लत्ताकपडा, खानाका विभिन्न परिकार, लगायतका स्टलहरु राखिएको छ ।


...

All Comments.......


Please Login/Register To Comments