भक्तपुर, २० असोज । “सुरक्षित भविष्यको लागि नियमित वचत गरौं” भने मूल नाराका साथ सुरक्षित वचत तथा ऋण सहकारी संस्था लि.को १३ औं साधारण सभा भनपा ४ नं वडाध्यक्ष उपेन्द्र सुवालको प्रमुख आतिथ्यतामा एक समारोह बीच साइनिङ्ग एकेडेमी गःपलीमा शनिवार सम्पन्न भयो । प्रमुख अतिथि उपेन्द्र सुवालले पर्यावरण प्रति सचेतताको लागि गमलामा पानी दिएर साधारणसभाको उद्घाटन गर्नुभयो ।  
कार्यक्रममा प्रमुख अतिथि उपेन्द्र सुवालले कम्युनिष्टहरु नाफाको लागि काम नगर्ने बताउँदै जनताको सेवा समर्पित हुन्छ भन्नुभयो । उहाँले सहकारीमा राखेको बचत सुरक्षित पूँजिवादी व्यवस्थाको दोष रहेको बताउँदै विश्वको अध्ययनले सन् २००८ मा अमेरिकामा आएको आर्थिक मन्दि जस्तै उत्पादन क्षेत्रमा लगानी नगर्दाको असर भएको बताउनुभयो । उहाँले अहिले सहकारीको निक्षेप सबै अनुत्पादक घरजग्गा लगायत क्षेत्रमा लगानी हुँदा आजको यो स्थिति आएको बताउनुभयो । उहाँले कार्लमाक्र्सले भन्नुभए जस्तै पँुजिवादी व्यवस्थामा प्रत्येक १० ÷ १० बर्षमा आर्थिक मन्दि आउने र धनी झन झन धनी र गरिब झन झन गरिब हुने बताउनुभयो । उहाँले १८१७ देखि रोवर्ट ओवेन सहकारीको प्रणेताको रुपमा उदय भई रोजवेल हुँदै गरिवले १÷१ रुपैंया जम्मा गरी राखेको रकम गरिबको निम्ति हुनु पर्ने बताउँदै ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने नारा नै सहकार्यको आधार हो भन्नुभयो । उहाँले साधारण सभामा सदस्यहरु सहभागी भई नीति निर्माणमा सकृय सहभागी भए र नगरपालिकाले लेखा तालिम, लेखा अनुगमन तालिम, संस्थागत विकास तालिममा सिके अनुसार सहकारीमा काम गरे सहकारी नविगिर्ने बताउनुभयो । उहाँले सहकारीको रकम हिनामिना गर्नेहरुलाई २०२५÷०२६ सालमा नै उल्टो टोपि लगाइ धुमाएको इतिहास बोकेको नगरमा रहेको सहकारी व्यवस्थापन समितिले त्यस तर्फ ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले एमसिसि गएको देश तहन नहस भएको उदाहरण प्रस्तुत गर्दै नेपालको हितमा पनि छैन भन्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले माक्र्सवादी सिद्धान्त अनुसार जन्मदेखि मृत्युसम्मको सेवा गर्ने सोचले काम गरिरहेकोले शिक्षा, स्वास्थ्य, शिशुस्याहार, अस्पताल, कलेज र सुधारिएको शव दाह गृहसम्म निर्माण गरेको बताउनुभयो । 
कार्यक्रममा अतिथि गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले जसरी मानिस बाँच्न सासको आवश्यकता पर्छ त्यसरी नै सहकारी जीवित रहन सदस्यहरु आवश्यक हुन्छ भन्नुभयो । उहाँले निक्षेप र लगानीबाट आएको नाफाले सहकारीको विभिन्न गतिबिधि अगाडि बढ्ने भएकोले बचत तथा ऋण सहकारीको मेरुदण्ड भएको बताउनुभयो । उहाँले पल्र्स अनुसार सदस्यता बृद्धि, शेयर बृद्धि, तरलता, लगायत सबै मिलाएर राखे मात्र सहकारी राम्रो र सुव्यवस्थित संचालन भएको देखिने बताउनुभयो । उहाँले सदस्यहरुको आर्थिक स्तर र सामाजिक स्तर उकास्ने दुरदृष्य राखी काम गर्ने भएकोले सामाजिक स्तरमा लवाई खवाई बोलिबचनदेखि सुसंस्कृत समाजको विकास भई आर्दश समाजसम्म पु¥याउने बताउनुभयो । 
कार्यक्रममा भक्तपुर सिकर्मी संघका सल्लाहकार एवम् उद्यमी विष्णुभक्त कुसीले सहकारीमा पनि असल राजनीति आवश्यक भएको विभिन्न बक्ताहरुले युक्रेन युद्धले सहकारी क्षेत्रमा पु¥याएको प्रभावका बारेमा, सरकार चलाउनेहरुको असक्षमताका कारण देशको सहकारीमा भई रहेको समस्याहरुले उजागर गरेको बताउनुभयो । 
कार्यक्रम संस्थाका अध्यक्ष रबिन छुस्याकीको सभापतित्वमा भएको कार्यक्रममा गायक हरिसुन्दर लाखे श्रेष्ठ, पतंञ्जली योगका कृष्णराम गणेशले पनि बोल्नुभएको थियो भने स्वागत गौरी मैया छुस्याकी, धन्यवाद उपाध्यक्ष कृष्णप्रसाद न्हुछे, प्रगति प्रतिवेदन सचिव रामप्रसाद प्रजापति, आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रविण त्वाती, लेखा सुपरिवेक्षणको प्रतिवेदन राजु त्वाती, ऋण समितिको प्रतिवेदन विश्व गणेश हाकुदुवाले पेश गर्नुभएको थियो । 
कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र र असल ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट एैच्छिक बचत कर्ता, उत्कृष्ट मुद्दती बचतकर्तालाई मायाको चिनो प्रदान गरिएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments