आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको बारे परराष्ट्र मन्त्रालयले सोमबार (भोलि) मात्र आधिकारिक रुपमा जानकारी दिने भएकाे छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले यसबारे मन्त्रालयमा सूचना आइसके पनि पुष्टि गर्न बाँकी रहेकाले आधिकारिक रुपमा भोलि मात्र सार्वजनिक गर्ने बताएकी हुन्।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले परराष्ट्र मन्त्रालयलाई इजरायल हमलामा परि मृत्यु भएकाहरूको नाम र ठेगाना सहितको विवरण मन्त्रालयमा पठाइसकेकी छिन्। उनले पठाएको विवरण अनुसार हमलामा १० जना नेपालीको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयले उक्त सूचनाबारे भेरिफाइ गरिरहेको छ। मन्त्रालयका प्रवक्ता लम्सालले सूचना भेरिफाइ गर्न समय लाग्ने भएकाले औपचारिक जानकारी भोलि मात्र सार्वजनिक गर्ने बताइन्।

‘हामीलाई यसबारे सूचना आएको छ। तर सूचनाहरू पुष्टि भइसकेका छैनन्। सबै सूचनाहरू पुष्टि गर्न बाँकी नै छ। यसबारे भेरीफाइ भएपछि मात्र भोलि हामी आधिकारिक रुपमा सूचना जारी गर्छौ।’ उनले भने।

आधाउधि सूचना मात्र आएको र पूरा जानकारी नआइसकेको हुनाले मन्त्रालयले सूचना जारी गर्न हतार नगर्ने उनको भनाइ थियो।


...

All Comments.......


Please Login/Register To Comments