महायज्ञ होस वा अन्य कुनै पनि साँस्कृतिक कार्यक्रम नै किन नहोस जहाँ सङ्कलन भएको रकम कार्यक्रम समापन पछि मात्र सार्वजनिक गर्ने गरिन्छ । यो आयोजकको प्रकृत्ति नै हो । अझ कतिपय आयोजकहरुले त सार्वजनिक नै गर्ने गरेको पाइदैन । सार्वजनिक गरेता पनि कि त कार्यक्रम घाटामा रहेको देखाउने कित नाफा रकम एकदमै न्युन देखाउने गरेको हामि प्रयाप्त भेटने गरेका छौ ।

प्रत्यक दिन सङ्कलन भएको रकम सार्वजनिक गर्ने कार्यक्रम विरलै भेटिरहेको आजको अवस्थामा भने वालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीको मुख्य आयोजनामा सञ्चालन भएको भक्तपुरको महायज्ञमा भने प्रत्यक दिन सङकलन भएको दान रकम सार्वजनिक गर्ने गरिएको छ ।

महायको मुख्य प्रबेशद्धारको छेउमै ठूलो सुचना पार्टि छ । उक्त सुचना पार्टिमा कम्प्युटर प्रिन्ट गरिएको पेपरले भरिएको छ । नजिक गएर हेरियो भने कुन भक्तजनले कति दान गर्नुभयो स्पष्ट रुपमा देख्न सकिन्छ ।

सङकलन भएको रकमलाई सुचना पाटिमार्फत बाट मात्र सार्वजनिक गर्ने गरिदैन, मौखिक रुपमा पनि महाराज श्री ले आम सहभागि भक्तजनको अगााडी सार्वजनिक गर्ने गरेका छन ।
महायज्ञका संयोजक समेत रहेका स्थानिय केशर बहादुर खड्काले भने – “यहाँ अहिले सम्म धेरै पटक महायज्ञको आयोजना भयो तर पारदर्शि रुपमा प्रत्येक दिन दान रकम सार्वजनिक गर्ने महायज्ञ पहिलो पटक देखे ।”

त्यस्तै अर्का स्थानिय मञ्जु ढुङगानाले पनि महायज्ञको सबै कार्यहरु प्रशंसायोग्य रहेको बताएकी छन । “महायज्ञको सुरु देखिको कार्य नै लोभलाग्दो छ । महायज्ञको प्रचारसंगै हाम्रो गाउँको पनि प्रचार भएको छ । अझ यहाँको हरेक कार्य पादर्शि हुदा खुशि लागेको छ । आशामा छौ हाम्रो गाँउमा नै छिट्टै आश्रम बन्ने छ ।”
संयोजक खड्का मात्र नभएर यसरी प्रत्येक दिन सङकलन हुने गरेको दान रकम सार्वजनिक हुने गरेको यस प्रकारको कार्यक्रम पहिलो रहेको अन्य स्थानियहरुले पनि बताउने गरेका छन ।

जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलिमा गत आश्विन ११ गतेदेखि सञ्चालन भैरहेको श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा बिहान ६ बजेदेखि राति १० बजे सम्म कार्यक्रम हुने गर्दछ । महायज्ञ आगामि २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments