भक्तपुर । इन्जिनियरिंग स्टुडेन्ट्स् ग्रुप अफ भक्तपुरको आयोजनामा भक्तपुरमा चंगा चेट हुने भएको छ । कार्यक्रम आगामी शनिबार असोज २७ गते १ बजे भक्तपुर बहुमुखी क्याम्पसको चउरमा हुने जनाइएको छ । प्रतियोगितामा भाग लिन चाहनेहरुले प्रतिव्यक्ति दर्ताशुल्क एक सय ५० रुपैयाँं तिनुपर्ने जनाइएको छ । प्रतियोगीहरुले लटई र धागो घरबाट ल्याउनुपर्ने छ । कार्यक्रमको क्रममा म्युजिक फर्ममेन्स्, फन एण्ड गेम्स्, टिका सेरोमनीलगायतका कार्यक्रमहरु हुने जनाइएको छ । आयोजक ग्रुप भक्तपुरबाट इन्जिनियरिंग पढन पुल्चोक इन्जिनियरिंग जाने विद्यार्थीहरुको समूह हो । 

...

All Comments.......


Please Login/Register To Comments