भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबार विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ । 
नेपाल राष्ट्र« बैंकको सहकार्यमा संघको सभाहलमा उक्त सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र« बैंकका उपनिर्देशक टेकराज भण्डारीले प्रस्तुतीकरण दिनुभएको थियो । सो क्रममा उहाँले वित्तीय साक्षरता, बचतको महत्व, बैंकिङ कर्जा, कर्जाको दुरुपयोग गर्दा आइपर्ने समस्या, बेस रेट र प्रिमियर रेट बारे जानकारी गराउनुभएको थियो । यसैगरी, उहाँले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा बचत तथा कर्जा कारोवारका लागि स्थापित बैंक तथा वित्तीय संस्थाहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो । 
विद्युतीय भुक्तानीको बारेमा स्पष्ट पार्दै उहाँले वित्तीय ठगीबाट बच्ने उपायहरुको बारेमा जानकारी गराउनुभएको थियो । सो क्रममा उहाँले विद्यार्थीहरुलाई बिमाको बारेमा समेत जानकारी गराउनुभयो । यसैबीच, उपनिर्देशक भण्डारीले नेपाल राष्ट्र बैंकसँग उद्योग वाणिज्य संघको मागमा विद्यार्थीहरुका लागि आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रम यो नै पहिलो भएको जानकारी दिनुभएको थियो । 
कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले संघको आयोजनामा सञ्चालन भएको वित्तीय साक्षरता कार्यक्रमबाट सहभागी विद्यार्थीहरु लाभान्वित हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले यस किसिमका वित्तीय कार्यक्रमलगायत विभिन्न तालिममा सहभागी भई भविष्यमा सफल व्यवसायी तथा उद्यमी बन्न विद्यार्थीहरुलाई अभिप्रेरित गर्नुभएको थियो । यसैगरी, संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव दिनेश गोसाईंलगायतले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा भक्तपुर जिल्लास्थित बागिश्वरी कलेजका ४२ जना, बासु कलेजका १० जना र निकोल्सन कलेजका २० जना विद्यार्थी सहभागी भएका थिए । 

...

All Comments.......


Please Login/Register To Comments