भक्तपुर, २६ असोज । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा १६ आंै बार्षिक साधारणसभा सभ्य र भव्य रुपमा सफल बनाउन संयुक्त भेला आयोजना सभाकक्षमा एक समारोहबीच शुक्रबार सम्पन्न भयो । 
कार्यक्रममा सल्लाहकार कृष्णभक्त लवजुले काम गरी खाने वर्गको उत्थान गर्ने उद्देश्य राखी समाजमा काम गरी खाने वर्गले केहि गरी देखाउन स्थापना भएको यो सहकारीका संस्थापकहरु सम्मानयोग्य व्यक्तित्व भएको बताउनुभयो । उहाँले अहिले आर्थिक मन्दि देखिने सम्भावना भएकोले खर्च कम गरी आर्थिक मितव्ययी हुनु पर्ने बताउनुभयो । उहाँले राजनीति राम्रो भए देश राम्रो हुने बताउँदै शासक दलहरु सुनकाण्ड लगायत कमाउ धन्दामा लाग्दा र एमसिसि पास गरेर देश पर निर्भर हुँदै गएको बताउनु भयो । 
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले साधारणसभा सहकारीकर्मीहरुको उत्सव भएकोले सहकारी कुन दिशामा लाने भने नीति तथा कार्यक्रम र योजनाका साथै बजेत पास गर्ने सभा समेत भएकोले सदस्यहरुको हितमा नीतिहरु बनाउन सबै सदस्यहरु सकृय सहभागी हुन अनुरोध गर्नुभयो । उहाँले अहिले सहकारीहरुमा विकृतिहरु मौलाइरहेको अवस्थामा राम्रो र नाफा कमाउन सक्नु यो संस्थाको उपलब्धी भएको बताउनुभयो । उहाँले सहकारीहरुमा देखिएको समस्या समाधान कार्यदलले निक्षेपकर्ताहरु निक्षेप संचालक र व्यवस्थापकहरुको सम्पत्ति जफत गरी वचत फिर्ता गराउन समेत सिफारिस भएकोले संचालकहरु सचेत हुनु पर्ने बताउनुभयो । 
कार्यक्रम अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीप्रसाद प्रजापति, सचिव सत्यराम ज्ञामरु, कोषाध्यक्ष तुल्सी केशरी प्रजापति, लेखा सुपरिवेक्षण समिति संयोजक हरिकृष्ण प्रजापति, सदस्य रामकृष्ण लावजु, तुल्सीराम प्याठ, सिद्धान्त प्रजापति, राजु सिं बजिको, चम्पा ज्ञामरुले पनि बोल्नु भएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments