काठमाडाैं, २६ असाेज । चाईल्ड नेपालकाे १९ औं साधारणसभा एवं पाँचौं अधिवेशनबाट ठाकुरप्रसाद खकुरेल सर्वसम्मत चयन हुनुभएकाे छ । चाईल्ड नेपालकाे आज भएकाे नेतृत्व चयनमा नाैं सदस्य कार्यसमिति गठन भएकाे हाे । चाईल्ड नेपालले गत वर्षको कार्य तथा आर्थिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरि अनुमाेदन गरिएकाे थियाे भने आगामी वर्षको लागि याेजना पनि पारित गरिएकाे थियाे ।

चाईल्ड नेपालकाे बार्षिक कार्यक्रममा बाेल्दै निवर्तमान अध्यक्ष एवं संस्थाका संरक्षक डा. कृष्ण सुवेदीले संस्थालाई आफुले सन्तानकाे रुपमा हुर्काएकाे र यसलाई थप स्याहार गर्ने जिम्मेवारी नयाँ नेतृत्वलाई प्रदान गरेकाे बताउनुभयाे । नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद खकुरेलले संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ वर्तमान कार्यसमितिले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
...

All Comments.......


Please Login/Register To Comments