भक्तपुर । भक्तपुरको सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिडेको पछिल्लो एक वर्षको नाफा आठ करोड भन्दा वढी भएको छ । भक्तपुर नगरको चोर्चास्थित सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० मा आठ करोड ३० लाख ८८ हजार सात सय ३६ रुपैयाँं नाफा कमाउन सफल भएको हो । संस्थाको मंगलबार भक्तपुरमा भएको २९ साधारणसभामा यसबारे जानकारी दिइएको हो । भक्तपुरकै सवैभन्दा वढी सदस्य संख्या रहेको यो सहकारीको साधारणसभा एकैठाउँंमा हजारौ मानिस नअटाउने भएकाले जिल्लाका तीन छुटाछुटै स्थानहरुमा गरिएको थियो । भक्तपुरको कमलविनायक, थुसाचा र सूर्यविनायकका तीन छुटाछुटै पार्टी प्यालेसहरुमा साधारणसभा गरिएको थियो । 
संस्थाले राखेको तथ्यांक अनुसार यस संस्थामा कल १६ हजार तीन सय ५१ ज्ना साधारण सदस्यहरु तथा तीन हजार दुई सय ५८ जना बाल बचतकर्ताहरु रहेका छन् । संस्थामा महिला आठ हजार ६ सय ६६ र पुरुष सात हजार ६ सय ८३ जना साधारण सदस्यहरु रहेका छन् । अघिल्लो आर्थिक वर्षसम्म यस संस्थामा आठ हजार तीन सय ७३ महिला र सात हजार चार सय २९ गरी कुल १५ हजार आठ सय चार साधारण सदस्यहरु रहेका थिए । 
संस्था झण्डै तीन दसक अगाडि ३१ ज्ना संस्थापक सदस्यहरुबाट स्थापना गरिएको थियो । संस्थामा १६ हजार तीन सय ५१ श्ेयर सदस्य र तीन हजार दुई सय ५८ जना बाल बचतकर्ताहरु रही झण्डै २० हजार संख्याको परिवार रहेको छ ।  

...

All Comments.......


Please Login/Register To Comments