सिरहा,१ कार्तिक । गलत लयमा लगेर कानून विपरित गतिविधि गर्नेलाई राजनीतिककर्मीहरुले बचाउ गर्नमा लाग्ने गरेको सिरहा नगरपालिकाका नगरप्रमुख डा.नविन कुमार यादवले बताए । ६८ औं प्रहरी दिवसमा अवसरमा जिल्ला प्रहरी कार्यालय सिरहाले आयोजना गरेको अमर प्रहरी प्रति श्रद्धान्जली कार्यक्रममा बोल्दै त्यस्तो बताए । ‘सिडियो सहव, एसपी सहवले राम्रो काम गरि राख्नु भएको छ । सिमा सुरक्षा र तस्करीमा कडाई गर्दै आएका छन् । राम्रो काम गर्नेलाई यो देशमा सुख छैन् । उनीहरुको बढुवा हुँदैन् घटुवा नै हुने गरेका छन्,’नगरप्रमुख यादवले भने,‘राम्रो काम गर्नेलाई धन्यवाद दिनुपर्ने हो तर राजनीतिककर्मीहरुले स्वार्थ पूर्तिका लागि गलत प्रवृतिमा लागेका आफ्ना मान्छेलाई बचाउ गर्न दवाव दिने गरेका हुन्छन् ।’ ‘गलत प्रवृतिमा लागेका मान्छेलाई बचाउ गर्न सिडियो र एसपी निर कहिले गएको छैन्, जाँदिन् पनि । त्यस्ता प्रवृतिमा लागेका व्यक्तिलाई कानून बमोजिम कारवाही हुनुपर्छ । देशमा विधिको शासन व्यवस्था रह्नुपर्छ,’उनले भने,‘कानून विपरित गतिविधि गर्नेमाथि निष्पक्ष छानविन भई कडा कारवाही भए मात्र विधिको शासनको अनूभुती हुने छन् ।’ राम्रो काम गर्ने कर्मचारीलाई उच्च पदस्थ पदाधिकारी र राजनीतिककर्मीहरुले आफ्नो स्वार्थ अनूकुल काम नगरेपछि सरुवा गर्ने गरेको उनले दाबी गर्दै भने,‘राजनीतिककर्मीबाट सरुवा र बढुवाको अधिकार खोसिनुपर्छ । यस्तो अधिकार खोसिए मात्र देशमा सुधार आउने छन् ।’ सरुवाबाट नडराई निर्भिक भएर काम गर्न सम्बन्धित सबैलाई उनले आग्रह गरे । लागुऔषधको प्रयोग बढ्नुमा अभिभावक, राजनीतिककर्मी र समाजसेवीहरुको कमीकमजोर रहेको उनको दाबी छ । लागुऔषध सहित पक्राउ परेका व्यक्तिलाई आफ्नो मान्छे भन्दै बचाउ गर्न अभिभावक र राजनीतिककर्मीहरु प्रहरी प्रशानलाई दबाव दिने गरेको उनले थपे । उनका अनुसार गल्ती गर्नेलाई आफ्नो भन्दै बचाउ गर्ने परिपाटीको अन्त्य नभएसम्म सुशाषनमा सुधार आउन सक्दैन् । सम्पूर्ण काम गर्ने अधिकार नभएको कारण न्यायिक सम्बन्धी गतिविधि गर्न नसकिएको भन्दै उनले भने,‘उपप्रमुखको संयोजकत्वमा न्यायिक सम्बन्धी काम गर्ने अधिकार रहेका छन् तर उजुर र गुनासो गर्न कोँही जाँदैन् । उजुर सुन्न र छानविन गरी न्याय दिन संयोजक तयार छन् ।’ आ–आफ्नो स्वार्थ पूर्तिका लागि कानून बनाउनेहरु छिद्र छाडेको उनले बताए । ‘देशमा ठुल ठुलो हत्या, हिंसा र अपराध भइराखेका छन् । एयरपोर्टमै अपराधिक क्रियाकलाप गर्नेमाथि कारवाही भएन् । एसमोगलिङ्ग भइराखेका छन् । तस्करहरुमाथि निगरानी र तस्करी नियन्त्रण गर्ने कार्यमा कडाई भएन्,’उनले भने,‘देशको कानून र कानून कार्यान्वयन गराउने व्यक्तिहरु सच्चिनुपर्छ ।’ उनका अनुसार देशको कानून र त्यसको कार्यान्वन गराउने निकाय तथा व्यक्ति नसुध्रिएसम्म देशमा सुशाषन कायम हुन कठिन छ । सिरहा नगरपालिकामा पदभार ग्रहण गरे देखि गएको डेढ वर्षमा धेरै राम्रा काम गरेको दाबी गर्दै उने भने,‘मैले गरेका कामलाई आजसम्म कुनै पनि पत्रकारले मिडियामा ल्याई दिने काम गरेन् । सबैलाई भन्छु आउनुस् काँधमा काँध मिलाएर राम्रा काम गरौं । राम्रा कामलाई कसैले मिडियामा ल्याइदिएन् तर सानै त्रुटि भएमा यस्तो त्यस्तो भन्दै धेरै प्रचारवाजी गरिरहेका हुन्छन् ।’ सिडियो, एपसी तथा अन्य सुरक्षा निकायले जिल्लामा राम्रो काम गर्दै आएको भन्दै उनले मन्त्वयको क्रममा खुबै चर्चा गरेका थिए । समुदायमा नेपाल प्रहरीको भुमिका विषयक विद्यालय स्तरीय निबन्ध प्रतियोगीतामा माउण्ट एभरेष्ट ईङ्गलिस बोर्डिङ्ग स्कूल कक्षा १० की शिखा यादव प्रथम, चन्द्र नमूना माध्यमिक विद्यालय कक्षा १० कि धिनिशा यादव द्वितिय र विधा सागर पाठशाला मिर्चैया कक्षा १० का अमर कुमार साह तृतिय पुरस्कारले पुरस्कृत भए । उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरु प्रहरी निरिक्षक सुनिल कार्की, प्रहरी नायब निरिक्षक बैधनाथ दास, सुनिल कुमार सिंह, यज्ञ बहादुर भट्टराई, प्रहरी हवल्दार अरुण कुमार यादव, माधव पोख्रेल, श्री भगवान साह तेली, पारसनाथ चौधरी, विशेश्वर राय, कृष्णहरी थापा, प्रहरी सहायक हवल्दार ललन सर्राफ, प्रहरी जवानहरु धर्मेन्द्र यादव, सुदिप फुयाल, संजय नेवा खड्गी सम्मानित भएका छन् । यस्तै, प्रहरी कार्यमा सघाएका धनगढिमाई नगरपालिका १० का राजेन्द्र यादव, मिर्चैयाका पूर्व प्रहरी हवल्दार टेक बहादुर खड्का, लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व प्रहरी सहायक निरिक्षक शिबु सिंह, मुक्ति नेपाल गोलबजारकी प्रमुख श्याम कुमारी साह, महिला अधिकारकर्मी तथा युनोव्स प्रतिनिधि रेणु कर्ण, प्रहरीलाई जग्गा दिने जग्गादाता रामनारायण यादव, सामुदायिक सेवा केन्द्र सिरहाका अध्यक्ष नविन कुमार यादव लगायतको कामलाई मूल्यांकन गरी सम्मान सहित कदर पत्र प्रदान गरिएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक टेकुनन्द ईवा लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, महिला अधिकारकर्मी श्याम कुमारी साह लगायतले प्रहरी दिवसको महत्व र प्रहरी प्रति समाजको भुमिका सन्दर्भ झल्काउदै आ–आफ्ना विचार व्यक्ति गरे ।...

All Comments.......


Please Login/Register To Comments