भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले दसैं र तिहार लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । परिसरमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरी योजना सार्वजनिक गरेको हो । योजना अनुसार दसै र तिहारमा सम्भावित अपराधिक गतिबिधि हुन नदिन आकस्मिक रात्रीकालिन सुरक्षा चेकिडलगायतका सुरक्षा योजनाहरु सार्वजनिक भएका छन् । राति १२ बजेपछिबाट पनि आकस्मिक रात्रीकालिन चेकिड यो दसंै र तिहारकोवीचमा हुन्छ, परिसर प्रमुख एसपी बेद विष्टले भने, आवश्यकता अनुसार यो आकस्मिक रुपमा हुन्छ । 
अरुबेला दिउँंसा र साँंझ चेकिड हुने गरे पनि चाँंडपर्वको समयमा अपराधिक घटना बृद्धि हुने भएकोले रात्रीकालिन चेकिडको योजना बनाएको उनले बताए । चोरी, लुटपाटलगायतका अपराधिक घटनाहरु विशेष गरेर रातको १२ बजेपछिबाट विहान ३ बजेकोवीचमा हुने गरेको हुन्छ, उनले भने, यही कुरालाई विशेष ध्यान दिई रात्रीकालिन आकस्मिक सुरक्षा जाँंच गर्ने योजना हो । 
चाडपर्वमा हुन सक्ने अपराध रोकथामको लागि यो वर्षको दसैं र तिहारकोवीचमा सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन गरिने, आम नागरिकसंग समन्वय तथा सहकार्य गर्ने, जनचेतनामूलक कार्यक्रम, जिङ्गल बजाउने, माईकिङ तथा जनचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिनेलगायतका योजना उनले सार्वजनिक गरे । साथै जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायसंग समन्वय गरी बजार अनुगमन गरिने, ट्राफिक सहितको यात्रु सहायता कक्षको स्थापनाको लागि यातायात कार्यालयसंग समन्वय गरिने, अभियुस ड्युटी, मापसे चेकिङ तथा पिकेट, मोवाइल गस्ती जस्ता अन्य डिउटी परिचालन, लागूऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरीको सहकार्यमा संयुक्त लागू औषध चेकिङको व्यवस्था पनि रहेको उनले सुनाए । साथसाथै यातायात कार्यालय भक्तपुरका कार्यालय प्रमुखको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला ट्राफिक प्रहरीका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गर्ने  निर्णय भएको पनि उनले सुनाए । यो क्रममा सीसीटीभीद्धारा निगरानीको व्यवस्था र लामोदुरीमा चल्ने सवारी साधनलाई चेकजाँचको व्यवस्था पनि रहेको उनले सुनाए ।
यसबाहेक पनि चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, ठगी, स्न्याचिङ तथा जुवा तासलगायतका अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्नु, बडादशै, दिपावली तथा छठ पर्वलगायतका चाडपर्व सौहार्दपूर्ण वातावरणमा मनाउने व्यवस्था मिलाउनु, जिल्लाको शान्ति सुरक्षालाई सन्तुलन बनाएर राख्नुलगायतका उद्देश्यका विभिन्न गतिबिधिहरु हुने उनले बताए ।
यो अवस्थाका बाबजुद पनि मादक पदार्थ सेवन गरी झैझगडा एवं होहल्ला गरी उच्छृङखल क्रियाकलापहरु हुने, बिभिन्न बैंकहरुको एटीएम फुटाई चोरी, डकैती, लुटपाट, स्न्याचिङ, वगालीमारा, डलर ठगी तथा जुवातासलगायतका अपराधहरु बढ्नसक्ने, सार्वजनिक यातायातमा बढी भाडा असुली, अनावश्यक हैरानी तथा क्षमताभन्दा बढी यात्रु बोक्नसक्ने, आतिसबाजी, पटकालगायतका विविध विष्फोटक पदार्थहरुको ओसारपसार तथा विक्रीवितरण हुनसक्ने, दैनिक आपुर्तिका सामानहरुको कालोबजारी बढ्न सक्नेसक्ने सुरक्षा चुनौती रहेको उनको भनाई थियो । 
यस्ता चुनौतीहरुको सामाना गर्न परिसरले सुरक्षा योजना निर्माण गरी कार्यान्वयन  भइरहेको, ६ सय ७५ जना प्रहरी परिचालित (जसमध्य ५० जना तालुक कार्यालयबाट माग गरिएको) गरिएको, ३ वटा नागरिक सुनुवाई कार्यक्रम संचालन, रात्रीकालिन एम्बुसिङ डिउटी परिचालन, जिल्ला प्रशासन, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकासंग संयुक्त बजार अनुगमन गरिएको, ट्राफिकसँग संयुक्त चेकिङ र लागू पदार्थ सेवन चेकिङ, जिङ्गल बजाउने, माईकिङ, घरदैलो कार्यक्रम,  जनचेतनामूलक पर्चा पम्पलेट वितरणको लागि  पाँंच लाख वटा पर्चा पम्प्लेट छाँप्ने कार्य, २ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको (लोकन्थली र जगाती) उनले सुनाए । 
कार्यक्रममा परिसरका सूचना अधिकृत बसन्त पाठकले सामान्य अवस्था बाहेकका थप डिउटीहरु यात्रु सहायता कक्ष (हेल्प डेस्क), बजार अनुगमन, लामो दुरीमा चल्ने सवारी साधनको चेकिङ, एम्बुस डिउटी रहेको जनाए । यीबाहेक पनि सामान्य अवस्थामा परिचालन प्रहरी जनशक्ति भन्दा चाडपर्वमा परिचालित प्रहरी जनशक्ति बढिरहेको र तालुक कार्यायलबाटसमेत थप प्रहरी जनशक्ति माग गरिएको उनले सुनाए ।

...

All Comments.......


Please Login/Register To Comments