भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले शासक दलका नेताहरु विदेशबाट निर्देशित र आत्मसमर्पणवादी भएको आरोप लगाउनुभयो । विजया दशमीको अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित शुभकामना तथा पुरस्कार वितरण कार्यक्रममा साँसद सुवाले उक्त कुरा बताउनु भएको हो । 
उहा“ले सिद्धान्तहीन सरकारले जनताको लागि सेवा गर्न नसक्ने बताउँदै “देश र जनताको लागि सेवा गर्ने व्यक्ति समाजका हिरो हुने भन्नुभयो । उहाँले नेपाल कृषिप्रधान देश भएर पनि खाद्यसामग्रीहरुमा परनिर्भर हुनु विडम्बना भएको बताउँदै सबै स्थानीय तहहरुमा कृषि विज्ञको व्यवस्था हुनुपर्ने बताउनुभयो । 
उहाँले जनप्रतिनिधिले निर्वाचन घोषणापत्रलाई आधार बनाई काम गर्नुपर्ने र कर्मचारीहरुले जनप्रतिनिधिहरुको नीति कार्यान्वयन गर्न प्रतिबद्ध भई कार्यक्षेत्रमा खटिन पनि निर्देशन दिँदै नया“ पुस्तालाई साहित्य सिर्जनामा उत्साहित गर्न विद्यालयहरुमा राम्रा राम्रा साहित्यकारहरुबाट साहित्य लेखनसम्बन्धी प्रशिक्षण दिनुपर्ने बताउनुभयो । उहाँले वक्तृत्व, गीत, संगीत, नृत्यलगायतका ज्ञान दिन सम्बन्धित शिक्षकहरुको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 
प्रमुख अतिथि सुवालले देशको लागि योग्य नागरिक तयार गर्न नगरपालिका उदाहरणीय हुनुपर्ने सुझाव दिँदै चाडपर्वहरुमा खानपानमा विशेष ध्यान दिई कर्मचारीहरुले लामो विदामा आप्mनो व्यक्तित्व विकासको लागि नया“ पुस्तक अध्ययन गर्नुपर्ने र नयाँ भौगोलिक क्षेत्रको अध्ययन अवलोकन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
कार्यक्रमका सभापति एवं भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधिहरुको दीर्घकालीन सोच र लक्ष्य पूर्तिको लागि नीति कार्यान्वयन गर्ने कर्मचारीहरु भएको हुँदा कर्मचारीहरुले अनुशासित र इमानदारितापूर्वक सेवा गरेमात्र जनताले सुखको अनुभूति गर्न पाउ“छन् भन्दै देशको सुरक्षाको निम्ति कर्मचारी र विद्यार्थीहरु राजनीतिक रुपमा सचेत हुनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरबासीहरुलाई सकृय बनाउन समय समयमा विद्यार्थीहरुको लागि खेलकुद प्रतियोगिता, टोल–टोलमा ब्यायामशाला र शारीरिक व्यायामको प्रशिक्षण दिंदै आएको बताउँदै अन्य नगरपालिकाका प्रतिनिधिहरुले भक्तपुर नगरपालिकाले गर्दै आएको समाजवाद उन्मुख कार्यहरुकोे गरिरहेको बताउनुभयो । 
कार्यक्रममा उपप्रमुख रजनी जोशीले कर्मचारीहरुले विदाको समयमा स्वास्थ्यबारे चेतना अभियान निरन्तर जारी राखी समुदायमा भिजेर काम गर्न प्रेरित गर्नुभएको थियो ।
कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवांले अहिलेको प्रतिस्पर्धी समाजमा विद्यार्थीहरुले अझ बढी मिहेनत गर्नुपर्ने तथा भक्तपुर पर्यटकीय गन्तव्यस्थल भएकोले कर्मचारीहरुले चाडपर्वको समयमा सरसफाईलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा–५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छें र शिक्षा शाखाका साधुराम फुयाँलले पनि बोल्नुभएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि सुवालले चित्रकला, वक्तृत्वकला र निवन्ध प्रतियोगितामा पुरस्कृत हुने विभिन्न विद्यालयका १७ जना विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो । 

...

All Comments.......


Please Login/Register To Comments