बुद्धिजीवीहरू मूर्ख पनि हुन्छन् भन्ने कतै सुनेको थिएँ । अलि ढिलो गरी प्राप्त एउटा घटनाले पुष्टि गरेको छ । केही दिनअघि लिबालीस्थित एउटा घर कम्पाउन्डभित्र आँगनमा धान सुकाइरहेको ठाउँमा तीन जना ‘बाबाहरू’ आएका रहेछन् । तीमध्ये एकजना कम्पाउन्डभित्र पस्यो भने दुईजना बाहिर बाटोको पेटीमा बसिरहेका थिए ।
भित्र गएको ‘बाबा’ ले धान सुकाइरहेकी महिलालाई ‘काशी जगन्नाथ चारधामको प्रसाद लिनुस्’ भनेर कागजको एउटा पोका प्रसाद दिएछ । पोकोभित्र एउटा रुद्राक्ष रहेछ । रुद्राक्ष देखाएर बाबाले फकाउन थाल्यो, “तपाईँ सा¥है भाग्यमानी हुनुहुन्छ । लौ दक्षिणा चढाउनुस्† जति चढायो त्यसको डब्बल तपाईँलाई फाइदा हुनेछ ।”
ती महिलाले ‘बाबा’ प्रति सशङ्कित हुँदै घर कम्पाउन्डबाहिर आएर ‘म छोरालाई बोलाउँछु’ भन्दै छोरालाई बोलाउन थालिछन् । वास्तवमा त्यहाँ नजिकै उनका छोरा कतै थिएन तापनि बोलाइछन् ।
जब ती महिलाले छोरो बोलाउन थालिन्, ‘बाबाहरू’ केही नभनी सरासर गएछन् । हिन्दी भाषा बोल्ने कालो वर्णका ती बाबालाई एउटा स्कूल अगाडिको बाटोमा पुग्दा ‘बाबा’ हरूले एकजना शिक्षकलाई त्यसरी नै प्रसाद दिएर रुद्राक्षमा दक्षिणा चढाउन लगाएछन् । डब्बल पैसा पाउने लोभले तीन जना शिक्षकहरूले क्रमशः ५०, १०० र २०० रुपैयाँ दक्षिणा चढाएछन् । ३५० रुपैयाँ ठगेर ‘बाबा’ हरू गए । दिनभर ती ‘शिक्षक’ हरूले खल्तीमा रकम डब्बल भयो कि भनेर पटक–पटक हेरिरहे । पढेलेखेका मूर्ख ‘शिक्षक’ हरूले आफूहरू ठगिएको चालै पाएनन् ।

...

All Comments.......


Please Login/Register To Comments