काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् ।

राष्ट्रप्रमुखका रूपमा पौडेलले प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर दिउँसो ४ बजे नवदुर्गाको पूजाअर्चना एवं दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आजदेखि दसैं समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दसैं समापन हुन्छ । 


...

All Comments.......


Please Login/Register To Comments