काठमाडौ । काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महशुश भएको छ । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा विभिन्न जिल्लाहरुमा मानिसहरुको मृत्यु भएको अवर सार्वजनिक भइरहेको छ । सवैभन्दा वढी जाजरकोट जिल्लामै हालसम्म ७३ जनाको मृत्युको अवर आइरहेको छ । मृत्यु हुनेहरुको संख्या अझै वढ्ने निश्चित प्रायः देखिएको जनाइएको छ । 
जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर शनिबार विहानसम्म ७३ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालका अनुसार भूकम्पमा परेर १०८ जना घाइते भएका छन् । 
‘शनिबार विहान छ बजेसम्मको तथ्याङ्क अनुसार ७३ जनाको मृत्यु हुनुका साथै १०८ जना घाइते भएको जानकारीमा छ,’ उनले भने, ‘उद्दारका लागि प्रहरी खटिरहेको छ, मृतक र घाइतेको संख्या बढ्न सक्छ ।’
प्रहरीका अनुसार जाजरकोटमा ४४ जना र रुकुममा २७ जनाको शव निकालिएको छ ।  
प्रहरीले नेपालगञ्जबाट प्रहरी अस्पतालको टोली आवश्यक औषधिसहित खटाएको छ भने छिमेकी जिल्लाहरुबाट पनि उद्दारका लागि प्रहरी पठाएको जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments