२०८० कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउ“पालिका–१ लामीडा“डा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । सो भूकम्पमा परेर हालसम्म १३६ जनाको मृत्यु र १६१  जना घाइते भए भने भूकम्पमा दैलेख, जुम्ला र रोल्पाका ७ जना घाइते भए ।
नेपाल मजदुर किसान पार्टी भूकम्पमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । विपदको यो घडीमा एकआपसमा सहयोग गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हामी अनुरोध गर्दछौ“ । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम लगायतका क्षेत्रमा तत्काल प्रभावकारी उद्धार, राहत, घाइतेको उपचार एवम् पीडितको पुनःस्थापना गर्ने काम अगाडि बढाउन हामी नेपाल सरकारको ध्यानाकर्षण गराउ“दछौ“ । 

...

All Comments.......


Please Login/Register To Comments