भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले भूकम्पपीडितलाई सहयोग गर्ने नाममा सहयोग संकलन नर्गन सूचित गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आइतबार सार्वजनिक सूचना जारी गरी यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने जानकारी गराएको छ । 
जाजरकोट केन्द्रविन्दु भएर १७ कार्तिकमा गएको भूकम्पपीडितलाई सहयोग गर्ने नाममा विभिन्न संघसंस्थाहरुले राहतस्वरुप नगद तथा जिन्सी संकलन गर्ने कार्य गरिरहेको सूचना प्राप्त भएको प्रशाशनले जनाएको छ । यसैमा होस् गर्न सर्वसाधारणका लागि सूचना जारी गरेको जनाइएको छ । 
भूकम्पपीडितलाई राहत दिने नाममा यसरी सहयोग उठाउनु गैरकाुनी भएकोले यस्ता कार्य तथा गतिविधिहरु नगर्न नगराउन सम्वन्धित सवैलाई जानकारी गराइएको छ । सूचना विपरित कार्यहरु भए गरेको पाइएमा कारबाही हुने पनि जानकारी गराएको छ ।  

...

All Comments.......


Please Login/Register To Comments