कीर्तिपुर । समाजवादी मोर्चा कीर्तिपुरले कीर्तिपुर नगरपालिकाका प्रमुखलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । 
बुझाइएको ज्ञापनपत्र 
श्री नगर प्रमुखज्यू
कीर्तिपुर नगरपालिका
कीर्तिपुर ।
विषयः ज्ञापन पत्र सम्वन्धमा ।
नेपालकको राजनैतिक आन्दोलनमा निर्दलिय पञ्चायती व्यवस्थाका विरुद्ध भएको २०४६ सालको जन आन्दोलनमा शहादत प्राप्त गर्नु हुने चार वीर शहीदहरु‚ गणतन्त्र प्राप्तिका लागि भएको १० वर्षे जनयुद्ध तथा २०६२।०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा शहादत प्राप्त गर्ने वीर शहीदहरु तथा घाईते एवं बेपत्ता योद्धाहरु र कीर्तिपुर क्षेत्रका जनताको ऐतिहासिक सहभागिता तथा योगदानका कारण कीर्तिपुर नगर क्षेत्रको पहिचान पृथक रहेको छ । २०५३ साल चैत्र १४ गते साविक ८ गाउँ विकास समितिहरु मिलाई गठन भएको नगरपालिकामा जनप्रतिनिधिहरुको दुई वटा कार्यकाल तथा कर्मचारीवाट संचालन भएको नगरपालिकावाट विभिन्न चरणमा भएको राजनैतिक परिवर्तनसगै नगर क्षेत्रको योजनावद्ध सर्वाङ्गिण विकास र सुशासन कायम गर्ने जनताको चाहना अपेक्षाकृत ढंगले परिपूर्ति हुन सकिरहेको छैन । यस स्थितिमा हाम्रो चारवटा पार्टी सम्मिलित समाजवादी मोर्चा, कीर्तिपुरले नगरवासी जनताबाट संकलित राय‚ सल्लाह तथा अपेक्षा संकलन गरी उपस्थित भएका छौं । विशेषतः संङ्घीयताको कार्यान्वयन पश्चात् स्थानीय सरकारका रुपमा कीर्तिपुर नगरपालिकावाट भए गरेका काम कार्वाहीवाट जनताको न्यूनतम आशा तथा अपेक्षा समेत सम्बोधन हुन नसकिरहेको वर्तमान परिस्थितिमा निम्नानुसारका बुँदाहरुमा हाम्रो मोर्चाको तर्फवाट ध्यानाकर्षण सहित यो ज्ञापन पत्र पेश गरेका छौं । आशा छ‚ नगरपालिकाका तर्फवाट तत्काल ति बूँदाहरु कार्यान्वयन तथा आवश्यक सम्वोधन गरी नगरवासीको पीर मर्का हटाउने कार्य तत्काल हुनेछ । अन्यथा नगरवासीहरुको साथ सहयोगमा आगामी दिनमा नगर कार्यपालिकाको कार्यालयमा विरोध तथा दबाबमूलक कार्यक्रमकासाथ उपस्थित हुने व्यहोरा समेत यसै पत्र मार्फत जानकारी गराउँदछौं ।
१) कीर्तिपुर नगरपालिकालाई नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य कीर्तिपुर नगरपालिकाका स्थानीय कानूनहरुले समेत जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्ने जिम्मेवारी सुम्पेको छ । कानूनी राज्य र दिगो विकासको अवधारणालाई अवलम्वन गरी समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढीकरण गर्ने राष्ट्रिय अभिभारामा योगदान गर्ने दृढ संकल्प सहित स्थानीय विधायिकी, कार्यकारिणी र न्यायिक समिति मार्फत कीर्तिपुर नगरपालिकालाई कीर्तिपुरवासीको आफ्नो स्थानीय सरकारका रुपमा स्थापित गर्न आवश्यक छ।तर दुर्भाग्य नगरपालिका भित्र रहेका करीब १०० कि मि को हाराहारीमा रहेका सडक कहिं कतै ठिक वा दुरुस्त अवस्थामा छैन ।जताततै धूलाम्मे‚ हिलाम्मे तथा खाल्डाखुल्डियुक्त वाटोका कारण आवागमन कष्टपूर्ण तथा व्यापार व्यावसाय समेत चौपट छ । अहिलेसम्म पनि नगरपालिका भर ढल तथा खानेपानीको यथोचित प्रवन्ध हुन सकेको छैन । सडक हरियाली तथा सडक बत्ती त कतै पनि व्यवस्थित छैन । नगरपालिका घोषणा भएको २७ वर्ष बितिसक्दा पनि नगरपालिका भरका सबै नगरवासीले निम्नानुसारका न्यूनतम सहरी पूर्वाधारहरुको विकास भएको अनुभूति गर्न नपाएको हुँदा तत्काल पूर्वाधार निर्माणका काम अगाडि बढाउन अनुरोध गर्दछौं ।
१) नयाँ बजार सहित मुख्य सहरी सडक सहित नगरपालिका भरका सडक धूलो तथा खाल्डाखुल्डी रहित वाटो बनाउन‚ हरियाली सहितको पेटि तथा सडक बत्तीको व्यवस्था गरियोस् ।नगरपालिका भरका घरबस्ती जोड्ने गोरेटो बाटोको विस्तार गरी मोटर बाटो निर्माण गर्ने कार्यक्रम कार्यान्यवन गरियोस्।
२) नगरपालिका भर खानेपानी आपूर्ति तथा ढलको आवश्यक प्रवन्ध गरियोस् ।
३) नगरपालिका भरका सार्वजनिक तथा सामुदायिक सम्पत्ती तथा जग्गाको व्यवस्थित अभिलेख राखी जन सहभागितामा जनसमुदायकै हितमा संरक्षण तथा उपयोग गर्ने वातावरण निर्माण गरियोस् ।
४) यथाशक्य सम्पूर्ण विकास आयोजनाहरु सम्वन्धित उपभोक्ता जनताको बढी से बढी जनसहभागिता हुने गरी पारदर्शी ढङ्गले उपभोक्ता समिति मार्फत कार्यान्वयनको प्रवन्ध गरियोस् ।
५) कीर्तिपुर बहुउद्देश्यीय खेलकुद हल सहित कीर्तिपुर खेलकुद मैदानको शिघ्र निर्माण तथा संचालन गरियोस् ।नगर केन्द्रवाट टाढा रहेका वडा तथा बस्तीहरुमा खेल मैदान र खुल्ला व्यायामशालाको प्रवन्ध गरियोस् । 
२) युवाहरुलाई दुर्व्यसनवाट टाढा राख्न युवा स्वरोजगार कार्यक्रम संचालन गरियोस् ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रम साँच्चिकै स्वरोजगारमूलक बनाइयोस् ।
३) नगरपालिका अन्तर्गत आईसकेको आधारभूत विद्यालयहरुको शैक्षिक स्तर उकास्न सबै सामुदायिक विद्यालयहरुको न्यूनतम भौतिक तथा शैक्षिक पूर्वाधारमा सुधार गरियोस् ।सामुदायिक विद्यालयहरुलाई सबै शिक्षक‚ अभिभावक तथा विद्यार्थीहरुको आकर्षणको केन्द्रका रुपामा विकास गर्ने कार्यक्रम संचालन गरियोस् ।
४) कीर्तिपुर नगरपालिकाले संचालन गरिरहेको विष्णुदेवी अस्पताललाई तोकिएको मापदण्ड अनुरुप विश्वसनिय स्वास्थ्य सेवा प्रदान गर्ने नगर अस्पतालका रुपमा विकास गरी नगरवासीलाई निशुल्क स्वास्थ्य सेवाको प्रवन्ध गरियोस् ।नेपाल सरकारको स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा कार्यक्रमलाई तत्काल लागु गर्न सहज वातावरण गरियोस् ।
५) स्विकृत संगठन संरचना तथा कर्मचारी भर्ना सम्वन्धी सामान्य विधिलाई समेत लत्याएर नगरपालिकालाई ठूलो व्ययभार पर्ने गरी आस्थाका आधारमा जथाभावी कर्मचारी भर्ना तथा सरुवा गर्ने कार्य तत्काल बन्द गरियोस् ।
६) बजार अनुगमन कार्यलाई कुनै चाडबाड लक्षित भन्दा नियमित तालिकामा गर्ने व्यवस्था गरियोस् ।
७) बेनिस्सा स्ववासी तथा सुकुम्वासी जग्गाको समस्या समाधानका लागि तत्काल कार्वाही अगाडि बढाईयोस् ।
८) त्रिभुवन विश्वविद्यालय तथा फेक्ट नेपालसंग नगरपालिका तथा नगरवासीको हितमा नगरपालिका‚ साविक स्थानीय निकाय तथा समुदाय स्तरमा विभिन्न समयमा भएका संझौता कार्यान्वयन गर्न पहलकदमी लिईयोस् ।
९) लेबोरेटोरी स्कुल‚ मोडर्न इण्डियन स्कुल‚ सुख्खा बन्दरगाह (साविक हिमाल सिमेण्ट कम्पनी)‚ जनजाती संग्राहलय‚ केयूकेएल‚ नेपाल टेलिकम‚ नेपाल विद्युत प्राधिकरण लगायतका निकायसंग सम्वन्धीत स्थानीय नगरवासी जनताका जनस्वास्थ्य‚ जिउधन‚ जनजिविका तथा चासोका विषय तत्काल सम्वोधन गर्ने प्रवन्ध गरियोस् ।
१०) कीर्तिपुर साँस्कृतिक संरक्षित क्षेत्र सम्वन्धी ऐन कार्यान्वयनको थालनी अभिलम्ब गरियोस् ।
११) करुणामय वा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गरी कीर्तिपुरमा साँस्कृतिक तथा पर्यटकिय प्रवर्द्धन गर्ने योजनालाई नगर क्षेत्रका सबै राजनैतिक दल तथा सम्वद्ध उपभोक्ता समिति तथा सहयोगी काठमाडौ महानगरपालिकाको सुझाव विपरित एकलौटी रुपमा बुङ्गमतीलाई हस्तान्तरण गरेकोमा उक्त मूर्ति फिर्ता गरी कीर्तिपुर क्षेत्रमा स्थापना गर्ने प्रवन्ध गरियोस् ।
१२) जनप्रतिनिधीहरु तथा कर्मचारीलाई जथाभावी ठूलो धनराशी आर्थिक सहयोग दिने कार्य तत्काल बन्द गरियोस् ।
१३) नगर क्षेत्र भित्र जथाभावी जग्गा खण्डिकरण गर्ने कार्यमा नगरपालिकाका प्रशासनिक तथा राजनैतिक नेतृत्वले मौन समर्थन गरी प्रोत्साहन दिने कार्य तत्काल बन्द गरी नियमनको दायरमा ल्याइयोस् ।
१४) केही सहकारी संस्थाका संचालकहरु नगरवासीहरुको अरबौंको बचत रकम कुम्ल्याएर भागेको स्थितिमा बचत फिर्ताका लागि सहकारी अभियानका सहकारीकर्मीहरुको समेत सहभागितमा तत्काल नगरपालिकाले आवश्यक पहलकदमी अगाडि बढाओस् । नगर क्षेत्र भित्रका अन्य सहकारी संस्थाहरुमा समस्या आउन नदिन समयमै आवश्यक सावधानी तथा पूर्व तयारीका कार्यहरु अगाडि बढाईयोस् ।
१५) सम्वद्ध वडा विकास समिति‚ स्थानीय समुदाय तथा वडावासी जनताको राय तथा पारमर्श विना‚ वातावरणीय प्रभाव मूल्यांकन (भ्क्ष्ब्) समेत कीर्तिपुर नगर क्षेत्रमा नगरी दक्षिणकाली नगर क्षेत्रवाट शुरु हुने केबलकार निर्माणका लागि बिना कानूनी आधार‚ कार्यपालिकामा बहुमत भएको नाममा सम्वन्धित वडा अध्यक्ष र उपप्रमुखको असमति र विरोधका बाबजूद निर्माण अनुमति दिने निर्णय भएको बुझिएको हुँदा सरोकारवाला जनसमुदाय तथा सम्वद्ध वडा समेतको सहभागितमा जनसमुदाय तथा नगरपालिकालाई अधिकतम लाभ हुने कुराको सुनिश्चितता गरी मात्र निर्माण अनुमति दिने गरी निर्णय सच्याउने कार्य गरियोस् । 
१६) वडा कार्यालय तथा नगरपालिकाका विभिन्न शाखाहरुवाट भइरहेको अत्यन्त ढिलासुस्ती र झन्झटपूर्ण सेवा प्रवाहमा पुनरावलोकन गरी तत्काल छिटोछरितो‚ चुस्तदुरुस्त सेवा प्रणालीको व्यवस्था गरी सुशासन कायम गरियोस् ।
१७) स्थानीय पर्यावरण सुधार तथा जनस्वास्थ्य प्रवद्र्धनका लागि श्रोतमै फोहोरमैलाको वर्गिकरण गरी न्यूनतम शुल्कमा फोहोरमैला व्यस्थापन गर्ने कार्य गरियोस् ।
१८) कीर्तिपुर नगरपालिका तथा सम्वद्ध वडाहरुको दीर्घकालीन योजना संचालन तथा स्विकृति दिंदा नगरपालिकामा क्रियाशिल राजनैतिक दलहरुको तत् तहका प्रतिनिधिहरु समेतको सुझावका आधारमा निर्णय लिने कार्य गरियोस् ।
१९) कीर्तिपुरको समग्र विकासका लागि नगरवासी समुदाय तथा स्थानीय तहको समग्र विकासका लागि नेपाल सरकार तथा बागमती प्रदेश सरकार तथा अन्य दातृ निकायवाट श्रोत संकलन तथा परिचालनमा नगरस्तरका सबै राजनैतिक दलको सहभागिता गर्ने गराउने प्रवन्ध गरियोस्।
हार्दिक शुभकामना सहित ।

...

All Comments.......


Please Login/Register To Comments