भक्तपुर । आज असोज २० गते मंगलवार भक्तपुरमा अकल्पनीय रूपमा कोरोना भाईरस संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ११६ जना बताए पनि१२० जनाको नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
जसअनुसार मध्यपुर थिमिको निलवाराही, चारदोवाटो, दथुटोल, लौहकन्थली, सानोठिमी, गठ्ठाघर, बाहाखा बजार, बोडे, दिगुटोल, कौशल्टार, राद्ये राद्ये लगायतका स्थानमा (३० पुरूषर२२ महिला) गरि ५२ जना, भक्तपुर नगरपालिकामा (१४ पुरूषर११महिला) गरि २५जना, चागुनारायण नगरपालिकामा (५पुरूषर१महिला) गरि ६ जना, सुर्यबिनायक नगरपालिकामा (२४ पुरूषर१२ महिला) गरि ३६ जना र १ जनासंग सम्पर्कको प्रयास भईरहेको जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments