मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधर चोकस्थित सप्तकौशिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाका अध्यक्ष गोविन्दकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सहकारी मार्फत शेयर सदस्यहरुको आर्थिक उन्नति र सामाजिक विकास भएरहेको बताउनु भयो । नगरप्रमुख श्रेष्ठले मथिनपाले शिक्षा, स्वास्थ्यदेखि सहकारीको व्यवस्थित सञ्चालनमा गरेका कार्यहरुको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा विशेष अतिथि मथिनपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मथिनपा भित्रका स्थानीय बासिन्दाद्धारा सञ्चालित समुदायमा आधारित सहकारीमा समस्या नरहेको जानकारी दिदैं शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला बचत संघ भक्तपुरका प्रतिनिधि पञ्चकृष्ण श्रेष्ठ बालकुमारी साकोसका अध्यक्ष तुईलाल श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले बढि ब्याज र उपहारको लोभमा पर्दा साँवा पनि गुम्ने खतरा भएको भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सप्तकौशिका साकोसका अध्यक्ष गोविन्दकृष्ण श्रेष्ठले संस्थाको वार्षिक प्रतिवदेन पेश गर्दै शेयर पुँजी २ करोड १५ लाख ९९ हजार ७ सय रुपैंया र शेयर सदस्य १७ सय ३ पुगेको तथ्य प्रस्ुतत गर्नुभयो । संस्थाकी उपाध्यक्ष अनिता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संस्थाका सचिव विन्दुराम श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेद प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष बालकृष्ण शुद्धकारले आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७९=८० मा संस्थाले ९ लाख १८ हजार २ सय ३४ रुपैंया खुद बचत गरेको जानकारी दिनुभयो । लेख संयोजक शंकर प्रसाद काफ्लेद्धारा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा ३२ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित, दोसल्ला, सम्मान एवं उपहारद्धारा सम्मान गरिएको थियो । १ सय २५ जना बालबचतकर्तालाई उपयोगी टिफिन ब¤ा प्रदान गरिएको कार्यक्रममा संस्थाद्धारा अयोजित स्वास्थ्य शिविरमा विशेष योगदान दिए बापत शंखधर आइकेयरका प्रोप्राइटर प्रवेश श्रेष्ठ र डेन्टोकेयरकी डा. अनिता श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । स्थानीय यचु पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा सचिव कोषाध्यक्ष र लेखा संयोजकको प्रतिवेदन सर्वसम्मत पारित गरिएको संस्थाका अध्यक्ष गोविन्द कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments