भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थीले बिहीबार कुकुर तिहार मनाएका छन् । जिल्लाको मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलका विद्यार्थीले कुकुर तिहार मनाएका हुन् । तिहारको बेला स्कुल विदा हुने भएकोले तिहारको पूर्वसन्ध्यामै भए पनि कुकुर तिहार गरिएको जनाएको छ । 
ससाना बालबालिकाहरुदेखि लिएर कक्षा १० सम्मका विद्यार्थीले स्कुलका कुुकुरहरुलाई पूजा गरेका थिए । स्कुमा रहेका ६ वटा कुकुुरहरुलाई विद्यार्थीले पूजा गरेका थिए । साथै त्यस अवसरमा विद्यार्थीलाई तिहार किन मनाइएको हो ? भन्ने विषयमा जानकारी पनि दिइएको थियो । साथै कुकुरबारे जानकारी पनि दिइएको थियो । सो अवसरमा सडकमा घाइते अवस्थामा रहेपछि स्कुलले एडप्ट (सहारा दिएको) गरेको कुकुर हाल त्यसको नाम सहारा राखिएकोकोबारेमा तयार पारिएका बृतचित्र पनि देखाइएको थियो । साथसाथै कार्यक्रममा भक्तपुरमा रहेका सडकका कुुकुरहरुको अवस्थाबारे पनि जानकारी गराइएको थियो । मानिसका असल साथी कुकुरलाई माया गर्नुपर्छ भन्ने कुरा सिकाउन र तिहारबारे जानकारी दिन कार्यक्रम गरिएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । कार्यक्रम इसीडी कक्षा र ठूलो कक्षा गरी दुई समूहमा भएको थियो ।   

...

All Comments.......


Please Login/Register To Comments