कार्तिक भ्वाइस अफ वागीश्वरी सिजन ३ सम्पन्न, पवन अधिकारीले उचाले उपाधी वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन ३ आज भव्य कार्यक्रमसाथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्ट, व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले सांस्कृतिक अतिक्रमणबारेे सचेत हुनुपर्ने भन्दै यस क्षेत्र मार्फत देश र समाजको उत्थान गर्न अहम भूमिका रहने चर्चा गरे । सिजन ३ अन्तर्गत तेस्रो चरणको प्रतियोगिता Judges’ Round बाट छनाैट भएमक ५ जना प्रतिष्पर्धीबिच भएको अन्तिम चरणमा राष्ट्र प्रेमले अभिप्रेरित गीतहरु गाएका थिएअन्तिम चरणमा राष्ट्र प्रेम, प्रकृति प्रेम तथा बुबा/आमा प्रति समर्पित गीतहरु गाएका थिए । र सो को उपाधी पवन अधिकारीले हात पारेको छ भने चेतन शाही उप विजेता हुन सफल भए । विजेता र उप विजेतालाई प्रमुख अतिथि प्रजापतिले मेडल सहित पुरस्कृत गरिएको थियोे । साथै पार्टनरका रूपमा रहेका संस्थाहरूलाई कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहन प्रसाद प्रजापति र संयोजक ज्ञानसागर प्रजापतिले प्रशंसा पत्र प्रदान गरिएको थियोे । निर्णायक काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगीत संयोजन कर्ता गनु राज राई, गायिका सरिता प्रजापतिले र कार्यक्रम संयोजक नविन्द्र‌लाल कर्माचार्यले आ-आफ्नो गाएन प्रस्तुत गरेका थिए । कार्यक्रममा अनलाइन मिडिया पार्टनरका रूपमा ज्ञानखबर एजुकेशन एण्ड रिसर्च मिडिया (gyankhabar.com) तथा एबिसिडी खबर, साउण्ड पार्टनर भक्तपुर साउण्ड एण्ड लाइट्स, अडियो मास्टरिङ पार्टनरको रूपमा अक्टेभ म्युजिक स्टुडियो, टेलिभिजन पार्टनर भादगाउँ टि.भी. र ब्युटि पार्टनरका रूपमा सर्मीज ब्यूटि जोन रहेका छन् । आईकन म्युजिक एकेडेमी, संगीत ग्राम गुरुकुल नेपाल , क्वालिटी डिजिटल स्टुडियो र अक्टेभ म्युजिक स्टुडियो ले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेको थियो। कार्यक्रममा वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले बोलेका थिए भने कार्यक्रम संयोजक नविन्द्र‌लाल कर्माचार्यले धन्यवाद व्यक्त गरे । मंगलेश्वर ध्वंजू र अर्चना सुवालले कार्यक्रम संचालन गरेका थिए
...

All Comments.......


Please Login/Register To Comments