भक्तपुर । भक्तपुरको पाचाख्य परिसरको शनिबार सरसफाई गरिएको छ । भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाटस्थित महेश्वरी खेल मैदानको दक्षिणमा रहेको दुगु द्य (देवतास्थल) को तल्लो भागमा सरसफाई गरिएको हो । सार्वजनिक जग्गाको रुपमा रहेको ठूलो क्षेत्रफलमा रहेको यो ठाउँंलाई स्थानीयले सरसफाई गरेका हुन् । 
स्थानीय भक्तपुर युवा टिम, भक्तपुर नगरपालिका ७ नं वडा खेलकुद समिति, सिद्धि गणेश खेलकुद समिति, खंँचा पुखु खेलकुद समिति, सहीद स्मृति पुस्तकालय, स्टार वाचनालय, सिद्धि गणेश पुस्तकालय, सुपर ८ लगायतका संघसंस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा सरसफाई गरेका हुन् । 
खुल्ला ठाउँंको रुपमा विना प्रयोगमा रहेको यो ठाउँंलाई सम्याउने काम गरेको हो । साथै चौरमा रहेका थुम्काथुम्की हटाउने, शिशा तथा अन्य प्लाष्टिकलगायतका फोहोरहरु हटाउने काम भएको हो । साथसाथै चारैतिर सफा पारिएको हो । 
गाडा, सावेललगायतका औजारको सहायताले सरसफाई गरिएको थियो । सरसफाईमा स्थानीय टिम क्लबका दुई दर्जन भन्दा वढी सदस्यहरु विहानभर खटिएका थिए । 
हालसम्म अलपत्र रुपमा रहेको यो ठूलो ठाउँंलाई खेल मैदानको रुपमा प्रयोगमा ल्याउने उद्देश्यका साथ सरसफाई गरिएको सरसफाईमा सहभागीहरुले जनाए । भक्तपुर युवा टिमका संस्थापक अध्यक्ष एवं समाजसेवी विश्वराम कवांले खेल मैदान भक्तपुरको खेलकुदको विकासका लागि सदुपयोग गर्ने योजना रहेको सुनाए । उनले विहान, बेलुकीको समयमा खेलाडीहरुले यो ठाउँंलाई सदुपयोग गर्ने उद्देश्य रहेको सुनाए । उनले खेलमैदानमा निकट भविष्यमै फुटसल प्रतियोगिता गर्ने योजना रहेको पनि सुनाए । 
भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले भक्तपुरमा खेलकुद मैदानहरुको अभाब भइरहेको बेला यो ठाउँंले सहज बनाइदिएको बताए । यही कारण यो ठाउँंलाई उपयोग गर्ने उनले सुनाए । 
ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँं पर्ति जग्गाको रुपमा रहेको बताइएको छ । यो क्षेत्रलाई जोगाउन भक्तपुर नगरपालिकाले चारैतिर पर्खाल लगाई ठाउँं प्रवेश गर्न ठूलो फलामे गेट पनि राखेको छ । यही ठाउँंको दक्षिण दिशामा दुगु द्यो (देवतास्थल) रहेको छ भने पश्चिम क्षेत्रमा शवदाह गृह छ । यहाँं नगरपालिकाले मेशिनबाट शवदाह गर्ने गरी शवदाह गृहको पनि व्यवस्था छ । शवदाह गृहमा शवको दाहसंस्कारका लागि त्यहाँं सार्वजनिक पाटीहरुको पनि व्यवस्था छन् ।

...

All Comments.......


Please Login/Register To Comments