नविनता, सक्रिय जीवनशैली, अनुशासित विकास तथा सहकार्य संस्कृतिको मुलमन्त्र बोकेको साइकल कनेक्ट भक्तपुरको पहलमा साइकल संस्कृति प्रवर्धनको निम्ति भक्तपुरमा युवाहरूको नेक्सस तयार भएको छ। शनिबार जेसिस स्कुलको प्राङ्गणमा साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको उल्लासमय पर्व तिहार, स्वन्ति तथा न्हु दँ ११४४ को शुभकामना आदानप्रदान तथा कोरा भक्तपुर २०२३ को स्वयंमसेवीहरूलाई प्रशंसा पत्र वितरण कार्यक्रममा भक्तपुरलाई पैदल तथा पेडल मैत्री शहरको रूपमा प्रवर्धन गर्नको निम्ति यो महत्वपूर्ण पहलकदमीलाई औपचारिकता प्रदान गरिएको हो। यस अवसरमा साइकल कनेक्ट भक्तपुरले रोटर्याक्ट क्लब अफ भक्तपुर, रोटर्याक्ट क्लब अफ मध्यपुर, जेसिस भक्तपुर, जुनियर जेसिस, लियो क्लब अफ भक्तपुर सुर्यविनायक, लियो क्लब अफ भक्तपुर नमस्ते, लियो क्लब अफ भक्तपुर केदारेश्वर, भक्तपुर गोल्डेनगेट लियो क्लब तथा भक्तपुर रियलटेक लियो क्लबसगँ छु्ट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर गरेको छ। भक्तपुरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय साइकलिङ गन्तव्यको रूपमा प्रवर्धन गर्न यी सामाजिक संस्थाहरूले साइकल कनेक्ट भक्तपुरले हरेक वर्ष आयोजना गर्ने कोरा भक्तपुरमा निरन्तर सहयोग गर्ने तथा आ-आफ्नो वार्षिक क्यालेन्डरमा साइकल सम्बन्धि विभिन्न गतिविधिलाई सामवेश गर्दै अगाडी बढ्ने समझदारी भएको छ। कोरा भक्तपुर २०२३ को कार्यक्रमको संहावलोकन प्रतिवेदन पेश गर्दै साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बालाले यस समझदारीको महत्व, आवश्यकता र योगदानको विषयमा चर्चा गर्नुभएको थियो। शुभकामना कार्यक्रममा रोटर्याक्ट क्लब अफ भक्तपुरबाट पुश्पा कजु, लियो क्लब अफ भक्तपुर सुर्यविनायकबाट निशान्त कोजु, रोटर्याक्ट क्लब अफ मध्यपुरबाट मनिश प्रजापति साथै साइकल कनेक्ट भक्तपुरका संस्थापक सदस्य रमेश कोजु लगायत सुशन श्रेष्ठ, न्हुज किजु, सुवास गिरीले साइकल संस्कृति तथा युवा सहकार्यको महत्वको बारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो। सो कार्यक्रममा कोरा भक्तपुर २०२३मा सकृय सहयोग गर्ने स्वयंसेवीहरूलाई साइकल कनेक्ट भक्तपुरका सल्लाहकार तथा युवा उद्दमी कृष्णभक्त दुवाल तथा गणेशप्रसाद प्रशंसा पत्र साथै सहयोगी संस्थाहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। साथै साइकल कनेक्ट भक्तपुरद्वारा अगाडी बढाइरहेको साइकलिङ मैंचाको संयोजक टिना गोरा तथा सह-संयोजक तानिया श्रेष्ठ, फ्लिपर्सका संयोजक रितेश मचामसी तथा सह-संयोजक विरेन्द्र डोङ, तथा साइकल कल्चर क्वेष्टका संयोजक रियाज कर्मचार्यलाई अध्यक्ष निर्जला कोजुले निशान चिन्ह प्रदान गरी पदभार प्रदान गर्नुभएको थियो। कार्यक्रममा आशिब कर्माचार्य तथा रियाज कर्मचार्यले पनि बोल्नुभएको थियो।...

All Comments.......


Please Login/Register To Comments